आँबुखैरेनी, १२ वैशाख । आसन्न स्थानीय तह निर्वाचनमा तनहुँको आँबुखैरेनी गाउँपालिका अध्यक्ष पदका लागि ६ जना र उपाध्यक्ष पदको लागि ७ जनाको उम्मेद्वारी परेको छ। जसमा १ स्वतन्त्र सहित विभिन्न ६ वटा राजनैतिक दलले सहभागीता जनाएको छ।
अध्यक्षमा विवेकशील साँझा पार्टीबाट उत्सव अधिकारी, नेकपा एमालेबाट ऋषि के.सी., मंगोल नेशनल अर्गनाईजेशनबाट काजीकुमार गुरुङ, नेपाली काँग्रेसबाट गिर बहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रेजिना श्रेष्ठ र नेकपा माओवादी केन्द्रबाट शुक्र चुमानले मनोनयन दर्ता गरेको छ।
यस्तै उपाध्यक्षमा नेकपा एकिकृत समाजवादीबाट अम्बिका श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इम बहादुर के.सी., स्वतन्त्रबाट चिजा श्रेष्ठ, नेकपा माओवादी केन्द्रबाट दुर्गा अर्याल, नेपाली काँग्रेसबाट पवित्रा गौली, नेकपा एमालेबाट मीना अधिकारी र मंगोल नेशनल अर्गनाईजेशनबाट सोममाया खवासले मनोनयन दर्ता गरेको छ।