उपेन्द्र गोले । रौतहट, २२ मंसिर । रौतहटको राजपुर फरहदवा बमकाण्डका फरार प्रतिबादी आलमलाइ प्रहरीले पक्राउ गरेको छ। नेपाली काँग्रेसका सांसद एवंम् पूर्वमन्त्री मोहमद अफताब आलमका भाई महताफ आलमलाई प्रहरीले पक्राउ गरेको हो।
लामो समयदेखि फरार रहेका भारतको सितामढि जिल्लाको मोतिहारीबाट मोहम्मद महताब आलम पक्राउ परेको स्रोतले जनाएको छ। भारतीय प्रहरीको सहयोगमा रौतहट प्रहरीले फरार प्रतिबादी आलमलाई पक्राउ गरेको जनाएको हो।
पहिलो संविधानसभा निर्वाचनको समयमा २०६४ चैत २७ गते राती राजपुर नगरपालिका ४ र साबिकको राजपुर गाबिस ४ स्थित आलमको घरमा बम बिस्फोट हुदा घाईते यमुनामाई गाउँपालिका ४,साबिक सरुअठा ४ का पिन्टु भनिने त्रिलोकप्रसाद सिंह र ओसि अख्तरलाई जीउदै चिम्नि भट्टामा जलाएर हत्या गरेको आरोप आलम माथि लागेको छ। घटनामा मुख्य आरोपमा पूर्वमन्त्री एवं काँग्रेस नेता आफताब पूर्पक्षको लागी गएको कात्तिक २९ गते देखी काठमाडौस्थित नक्खु कारागारमा जेल सजाय भोगी रहेका छन्।
पुर्बमंन्त्रि आफताब आलम र उनका भाई महताब आलम लगायत ११ जना माथि कर्तब्य ज्यानको मुद्दा प्रहरीले चलाएको थियो। घटनामा प्रहरीले अनुसन्धानले संलग्न देखाएका मध्ये ५ जना पक्राउ परिसकेको जिल्ला प्रहरी रौैतहटले जनाएको छ भने ६ जना अझै फरार रहेका छन्।