आँबुखैरेनी, ११ वैशाख । आसन्न स्थानीय तह निर्वाचनमा तनहुँको आँबुखैरेनी गाउँपालिका अध्यक्षको उम्मेद्वारको रुपमा पहिलो पटक विवेकशील साझा पार्टीबाट उम्मेद्वारी दर्ता भएको छ।
उम्मेद्वारी दर्ताको पहिलो दिन आज विवेकशील साझाबाट गाउँपालिकाको अध्यक्ष पदमा उत्सव अधिकारीले उम्मेद्वारी दर्ता गरेको हो।
अधिकारी आँबुखैरेनी १ सत्रसय निवासी हुन्।