Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धार्मिक पर्यटकलाई लक्षित गर्दै चितवनको देवघाटमा ‘नमस्ते देवघाट गार्डेन रिसोर्ट’ सञ्चालनमा

धार्मिक पर्यटकलाई लक्षित गर्दै चितवनको देवघाटमा ‘नमस्ते देवघाट गार्डेन रिसोर्ट’ सञ्चालनमा

इच्छाकामना न्युज

७, बैशाख २०७९
धार्मिक पर्यटकलाई लक्षित गर्दै चितवनको देवघाटमा ‘नमस्ते देवघाट गार्डेन रिसोर्ट’ सञ्चालनमा
images

चितवन, ७ बैशाख । चितवनको देवघाटमा ‘नमस्ते देवघाट गार्डेन रिसोर्ट’ निर्माण सञ्चालनमा आएको छ । स्थानीय रामु खराल, लक्ष्मण खराल र कृष्ण पाण्डेको करीब ४ करोड रुपैयाँ लगानीमा रिसोर्ट सञ्चालनमा ल्याइएको हो ।

images
images

गत बिहीवार उक्त रिसोर्ट उद्घाटन गरिएको हो । धार्मिक पर्यटकीयस्थल देवघाटमा पुग्ने पर्यटकलाई लक्षित गरेर रिसोर्ट सञ्चालनमा ल्याइएको सञ्चालक रामु खरालले बताए । रिसोर्टमा एसीसहितका १० ओटा कोठा, ५० जना अट्ने सेमिनार हल लगायतको समेत व्यवस्था रहेको उनले जानकारी दिए ।

यसअघि नारायणगढका विभिन्न स्थानमा व्यवसाय गर्दै आएका खराल दाजुभाइ र पाण्डे मिलेर रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । नेपालका मात्र नभई भारत लगायत मुलुकबाट समेत देवघाटमा पर्यटक आउने गरेका छन् । उनीहरूका लागि सुविधासम्पन्न होटल तथा रिसोर्ट नहुँदा आवासको समस्या हुने गरेको थियो ।

रिसोर्ट सञ्चालनमा आएसँगै धार्मिक तथा अन्य पर्यटकको संख्या बढ्ने अनुमान सञ्चालकहरूले गरेका छन् । रिसोर्टमा १५ जनालाई रोजगारी दिइएको लक्ष्मण खरालले बताए । देवघाटको पर्यटन प्रवर्द्धनमा रिसोर्टले योगदान पुग्ने उनको विश्वास छ ।

 

images
प्रकाशित मिति :बैशाख ७, २०७९ बुधवार - ०७:५९:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology