Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मधेश प्रदेशमा एमाले प्रवेश गर्नेको लर्को, जसपाबाट निर्वाचित मेयर र माओवादी नेता, वडाध्यक्ष लगाएत दर्जनौ एमालेमा प्रवेश

मधेश प्रदेशमा एमाले प्रवेश गर्नेको लर्को, जसपाबाट निर्वाचित मेयर र माओवादी नेता, वडाध्यक्ष लगाएत दर्जनौ एमालेमा प्रवेश

इच्छाकामना न्युज

३, बैशाख २०७९
मधेश प्रदेशमा एमाले प्रवेश गर्नेको लर्को, जसपाबाट निर्वाचित मेयर र माओवादी नेता, वडाध्यक्ष लगाएत दर्जनौ एमालेमा प्रवेश
images

सर्लाही, ३ बैशाख । मधेसमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आक्रामक ढङ्गले पार्टी विस्तारलाई तीव्र बनाइरहेका बेला शनिवार सर्लाही सदरमुकाम मलंगवा पुगेका छन् । मलंगवामा आयोजित कार्यक्रममा सर्लाहीको कविलासी नगरपालिकाका मेयर कौशल किशोर यादवसहित विभिन्न स्थानीय तहका १८ जना वडाध्यक्ष एमालेमा प्रवेश गरेको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईँले बताए ।

images
images

सोही कार्यक्रममा नेकपा माओवादी केन्द्रका पूर्व पोलिटव्यूरो सदस्य केशव ढुंगाना, बसबरिया गाउँपालिकाका अध्यक्षका प्रत्याशी रामविश्वास राय लगायतका नेताहरू पनि एमाले प्रवेश गरेका छन् । एमालेमा दुई पटक सर्लाही जिल्ला प्रमुख भएका ढुंगाना माओवादी शान्ति प्रक्रियामा आएपछि उक्त पार्टीमा समावेश भएका थिए ।

 

images
प्रकाशित मिति :बैशाख ३, २०७९ शनिवार - २०:१५:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology