Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

देवघाटमा निर्माणधिन शवदाहगृह निर्माणमा ढिलाइ, ठेकेदारले फेरि माग्यो नौ महिना म्याद

देवघाटमा निर्माणधिन शवदाहगृह निर्माणमा ढिलाइ, ठेकेदारले फेरि माग्यो नौ महिना म्याद

images

पत्रपत्रिका

२, बैशाख २०७९
देवघाटमा निर्माणधिन शवदाहगृह निर्माणमा ढिलाइ, ठेकेदारले फेरि माग्यो नौ महिना म्याद
images

चितवन, २ चैत । देवघाट शवदाह गृह निर्माणमा ठेकेदारले चरम ढिलासुस्ती गर्दै आएको छ । ठेकेदारलाई कारबाही गर्नुको साटो सरकारले भने म्याद थप गर्दै गएको छ । सम्झौताअनुसार २०७७ माघ ३ गते शवदाह गृह निर्माण सम्पन्न गर्नुपर्ने थियो । ठेकेदारलाई अन्तिमपटक दिइएको म्याद गएको चैतमा सकिएको छ ।

११ करोड २१ लाख आठ हजार ६४१ रूपैयाँ लागतमा दुई वर्षभित्र शवदाह गृह निर्माण सम्पन्न गर्न मिलिनियम सिद्धगढी जेभीसँग २०७५ माघमा सम्झौता भएको थियो । ठेकेदारले फेरि नौ महिना म्याद थप मागेको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले बताए ।

‘पछिल्लोपटक ठेकेदारको काम सन्तोषजनक नै देखिएकाले तीन महिनासम्म म्याद थप गर्ने गरी विभागमा फाइल पठाएका छौँ । पाँच/सात दिनमा म्याद थपको निर्णय आउला’, उनले भने । यसअघि सन्तोषजनक काम नभए ठेक्का तोड्ने अर्यालले बताएका थिए ।

शवदाह गृहको पिलर उठाउने काम सकिएको छ । ठेकेदारले २०७८ जेठमा मात्रै शवदाह गृहको जग खनेको थियो । जग खनेर सोलिङ गरेपछि बाढीले पु¥यो । बर्खामा नारायणी नदीमा बाढी आउँछ भन्ने थाहा पाउँदापाउँदै पनि ठेकेदारको आफ्नै ढिलासुस्तीले गर्दा निर्माणाधीन शवदाह गृहमा बाढी पसेर क्षति पु¥याएको हो ।

शवदाह गृहमा बाढीले क्षति पु¥याएपछि २०७८ असारदेखि ठेकेदारले काम थालेको उनले बताए । त्यसअघि कोरोना महामारीका कारण कामदार ल्याउन नसकेको भन्दै ठेकेदारले काम रोकेको थियो । काममा भइरहेको ढिलासुस्तीबारे आयोजनाले पटकपटक ताकेता गरे पनि कामले गति लिन सकेको छैन ।

पवित्र धार्मिकस्थल देवघाटमा चार कट्ठा जमिनमा विद्युतीय शवदाह गृह बनाउन लागिएको हो । देवघाटमा दैनिक औसत १२ जनाको शवको दाहसंस्कार गर्ने गरिएको छ । शवदाह गृह निर्माण भएपछि शव जलाउन छिटो र सहज हुने अपेक्षा गरिएको छ ।

चितवनपोष्ट दैनिकबाट

images
प्रकाशित मिति :बैशाख २, २०७९ शुक्रवार - ०८:२३:१९ बजे

पत्रपत्रिका

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology