Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

माओवादी केन्द्रबाट शहिद लखन १ को वडाध्यक्षमा ६ जनाको दावी

माओवादी केन्द्रबाट शहिद लखन १ को वडाध्यक्षमा ६ जनाको दावी

images

इच्छाकामना न्युज

२६, चैत्र २०७८
माओवादी केन्द्रबाट शहिद लखन १ को वडाध्यक्षमा ६ जनाको दावी
images

गाेरखा, २६ चैत । जिल्लामा चुनावी चहलपहल बढीरहेका बेला उम्मेदवारका टुङ्गाे लगाउन शुक्रबार शहीदलखन १ मा बसेकाे बैठकमा नेकपा माओवादी केन्द्रका ६ जनाले अध्यक्षमा उम्मेदवारी दिने घाेषणा गरेका छन् ।

अध्यक्षमा उम्मेदवारी दिने इच्छा व्यक्त गर्नेहरुमा पार्टी अध्यक्ष भीम बहादुर आले, उपाध्यक्ष टाेप बहादुर अर्याल, वडा सदस्य दुर्गा गुरुङ, वाइसियलका शहीदलखन अध्यक्ष काजी गुरुङ, गाउँपालिका सदस्य सञ्जीव थापा मगर, वडा सचिव बैकुण्ठ अर्याल रहेका छन् । लामाे समयदेखि पार्टिमा याेगदान गरेका कारण आफुहरुले अध्यक्षका लागि उम्मेदवार दिन पाउनुपर्ने बताएका हुन् ।

यसै गरी सदस्यहरुमा मान बहादुर आले, आनन्द आले, प्रेम बहादुर आले, रिता बयलकाेटी, सन्दिपा परियार, वीलमाया गुरुङ, विष्णुमाया श्रेष्ठ, विरेन्द्र थापा, हिरामाया थापाले इच्छा जाहेर गरेका छन् ।

शुक्रबाट वडामा भएकाे कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेश समिति सदस्य कृष्ण प्रजा, गाउँपालिका सदस्य अरुण थापा, सञ्जिव थापा, सल्लाहाकार धन बहादुर अर्याल लगायतले प्रशिक्षण प्रदान गरेका थिए ।

images
प्रकाशित मिति :चैत्र २६, २०७८ शनिवार - ११:०८:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology