Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनीमा माओवादी केन्द्रको जनवर्गीय संगठन र जातीय मोर्चाको भेला सम्पन्न

आँबुखैरेनीमा माओवादी केन्द्रको जनवर्गीय संगठन र जातीय मोर्चाको भेला सम्पन्न

images

इच्छाकामना न्युज

१९, चैत्र २०७८
आँबुखैरेनीमा माओवादी केन्द्रको जनवर्गीय संगठन र जातीय मोर्चाको भेला सम्पन्न
images

आँबुखैरेनी, १९ चैत । नेकपा माओवादी केन्द्र आँबुखैरेनीले स्थानीय तह निर्वाचन केन्द्रित भेला र सभाहरुलाई तिव्रता दिएको छ। जस अनुरुप आज आँबुखैरेनीमा गाउँपालिका स्तरिय पार्टी निकटको जनवर्गीय संगठन र जातीय मोर्चाहरुको भेला गरिएको छ। received_710653763405393.jpeg गाँउकमिटी अध्यक्ष खगराज गौलीको अध्यक्षतामा सम्पन्न भेलामा माओवादी केन्द्रका केन्द्रीय सदस्य एंव राष्ट्रिय सभा सदस्य सुरेश आले मगर प्रमुख अतिथि रहेका थिए। received_648106012918921.jpeg भेलामा विशेष अतिथीको रुपमा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार इश्वरबाबु गौली, गण्डकी प्रदेश सदस्य एंव बन्दिपुर गाँउपालिका उपाध्यक्ष करुणा गुरुङ, प्रदेश सदस्य सुर्य बहादुर गौली, शुक्र चुमान लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमम केही युवाहरुलाई अतिथिहरुले टीका र खादा लगाएर माओवादी केन्द्रमा प्रवेस समेत गराएको थियो। received_1151647552333883.jpeg

images
प्रकाशित मिति :चैत्र १९, २०७८ शनिवार - २१:३५:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology