Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

कम्युनिष्टले कुरा मात्र गरे कांग्रेसले काम गर्छ : भट्टराई

कम्युनिष्टले कुरा मात्र गरे कांग्रेसले काम गर्छ : भट्टराई

images

इच्छाकामना न्युज

१९, चैत्र २०७८
कम्युनिष्टले कुरा मात्र गरे कांग्रेसले काम गर्छ : भट्टराई
images

आँबुखैरेनी, १९ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले कम्युनिष्ट सरकारले काम गर्नुको साटो कुरा मात्र गरेको भन्दै कांग्रेसले काम गर्ने र त्यो थालिसकेको बताएका छन् । तनहुँको आँबुखैरेनी ५ घुमाउनेमा पार्टीको स्थानीय तह निर्वाचन केन्द्रीत पार्टी कार्यालयको उद्घाटन गर्दै भट्टराईले देशको विकास विगतमा पनि कांग्रेसले नै गरेको भन्दै अब बिचमा रोकिएको विकासले गति पाउने दावी गरे । उनले एमसीसी सहायता विकासकै लागि भएको भन्दै बिजुली बेचेर धनी बन्नका लागि श्रोत चाहिएको र एमसीसीले त्यसका लागि अनुदान दिएकाले लिएको बताए । हामीसँग पर्याप्त पैसा छैन, ऋण लिनुभन्दा सहयोग लिनु फाइदाजनक छ, उनले भने, सक्षम नहुँदासम्म विदेशी सहयोग चाहिन्छ । भट्टराईले कांग्रेसकै पालामा तनहुँको विकट भेग जोड्ने बुद्धसिं मार्ग निर्माण भएको भन्दै अब पुल बन्ने काम पनि शुरु भएको भन्दै यस सडकलाई कालोपत्रे समेत कांग्रेसले गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा पार्टी गाउँ सभापति विष्णु पन्थ, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, चिजा श्रेष्ठ, वडा सदस्य जीतमान गुरुङलगायतले बोलेका थिए । देवघाटमा आयोजित पार्टीको गाउँ भेलामा बोल्दै उनले भूमिहिनको समस्या समाधान विगतमा पनि कांग्रेसले गरेको भन्दै अहिले गठित आयोगले समस्यामा परेका भूमिहिनलाई जग्गा दिने बताए । उनले देवघाटको अव्यवस्थित बसोबासी र भूमिविहिनिको लालपूर्जा दिन कांग्रेस तयार रहेको बताए ।

images
प्रकाशित मिति :चैत्र १९, २०७८ शनिवार - २१:०८:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology