Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अब केवलकार चढेर सराङकोटबाट‘सनराईज’ हेर्न सकिने

अब केवलकार चढेर सराङकोटबाट‘सनराईज’ हेर्न सकिने

इच्छाकामना न्युज

१, चैत्र २०७८
अब केवलकार चढेर सराङकोटबाट‘सनराईज’ हेर्न सकिने
images

पोखरा, १ चैत । पोखरामा बनेको अन्नपूर्ण केवलकार अबदेखि बिहान ५ बजेदेखि सञ्चालनमा ‍‌‌अ‌ाउनले भएकाे  छ। १ चैत १ देखि सराङकोटबाट ‘सनराईज’ हेर्ने पर्यटकलाई लक्षित गरेर बिहानैदेखि सञ्चालन गर्न लागिएको हो । पोखरा–१८, सेदीदेखि सराङकोट जोड्ने केवलकार फागुन पहिलो सातादेखि नियमित सञ्चालनमा आउने भएकाे हाे ।

images
images

सुर्योदय र सुर्यास्तको अवलोकन गर्न सकिने गरी सञ्चालनकाे तयारी थालिएको महाप्रबन्धक दिनेश पौड्यालले जानकारी दिए । ‘सराङकोटको विशेषता भनेकै सुर्योदय हो । धेरै पर्यटकहरु सनराईज हेर्न बिहानै सराङकोट पुग्छन्,’ पौड्यालले भने, ‘पर्यटककै आग्रहमा हामीले सेवा बिस्तार गरेका हौं ।’

सेदीदेखि केवलकारमा चढेर १० मिनेटमा सराङकोट पुगिन्छ । प्रति गण्डोला ८ जना यात्रु बस्न मिल्ने गरी १७ गण्डोला जोडिएको छ । परियोजना २ अर्ब लागतमा निर्माण भएको हो । सुरुमा एक अर्ब ३० करोडको लागत अनुमान गरिएपनि कोभिड– १९ का कारण निर्माण समय र लगानी बढेको हो ।

केवलकार चढ्ने यात्रुले नेपाली भए ७ सय, सार्क राष्ट्रका पर्यटकले ८ सय र न्य मुलुकका नागरिकले ९ अमेरिकी डलर भाडा तिर्नुपर्छ । जेष्ठ नागरिक र अपांगता भएकाले ५० प्रतिशत र विद्यार्थीले २५ प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ । कम्पनीमा स्थानीयवासीबाट २५ प्रतिशत र विभिन्न व्यवसायीबाट ७५ प्रतिशत लगानी गरिएको छ ।

images
प्रकाशित मिति :चैत्र १, २०७८ मंगलवार - ०८:३९:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology