Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

नेपाल राष्ट्रिय शिक्षक संगठन आँबुखैरेनीको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा संगम आचार्य चयन

नेपाल राष्ट्रिय शिक्षक संगठन आँबुखैरेनीको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा संगम आचार्य चयन

images

इच्छाकामना न्युज

२८, फाल्गुण २०७८
नेपाल राष्ट्रिय शिक्षक संगठन आँबुखैरेनीको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा संगम आचार्य चयन
images

आँबुखैरेनी, २८ फागुन । नेपाल राष्ट्रिय शिक्षक संगठन आँबुखैरेनीको दोस्रो अधिवेशन सम्पन्न भएको छ। तनहुँको आँबुखैरेनीमा आज एक कार्यक्रमको आयोजना गरि अधिवेशन सम्पन्न गरेको हो।

अधिवेशनले संगम आचार्यको अध्यक्षतामा १३ सदस्यीय नेपाल राष्ट्रिय शिक्षक संगठन आँबुखैरेनीको नयाँ कार्यसमिति गठन गरिएको छ। संगठनको नवगठित कार्यसमितिको अन्य पदाधिकारीहरुमा महिला उपाध्यक्ष मुना लामा, उपाध्यक्ष विनोद श्रेष्ठ, सचिव विनोद कोइराला, कोषाध्यक्ष सुरज बगाले, सह–सचिव देवी कुमारी शर्मा, सह–कोषाध्यक्ष सविना रेग्मी चयन भएका छन्।

यस्तै सदस्यहरुमा मिलन मरहठ्ठा, अर्जुन ढकाल, नवराज अधिकारी, विष्णु अधिकारी चयन भएका छन्।

अधिवेशन कार्यक्रमको सभापतित्व नेपाल राष्ट्रिय शिक्षक संगठन आँबुखैरेनीको अध्यक्ष गोविन्द प्रसाद खनालले गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रतिनिधि रघुनाथ पण्डित र विशेष अतिथि नेकपा एमाले आँबुखैरेनीका अध्यक्ष मीना अधिकारी रहेका थिए। 

images
प्रकाशित मिति :फाल्गुण २८, २०७८ शनिवार - २२:१३:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology