Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेप्से कारोबारमा झिनो अंकको सुधार

नेप्से कारोबारमा झिनो अंकको सुधार

इच्छाकामना न्युज

२३, फाल्गुण २०७८
नेप्से कारोबारमा झिनो अंकको सुधार
images

काठमाडौं, २३ फागुन । साताको दोस्रो दिन नेप्से परिसूचकमा झिनो अंकले सुधार आएको छ । नेप्से परिसूचक सोमबार १ दशमलव ५४ अंकले बढेर बन्द भएको छ ।

images
images

आइतबार घटेर बन्द भएको बजार आज झिनो अंकले सुधार आएको हो । नेप्सेमा आज ७५ कम्पनीले नाफा कमाएका छन् भने एक सय ४३ कम्पनी गुमाएका छन् । 

आज बजार खुलेको केही समयमा २३ अंकले बढेर २५ सय ६६ अंक पुगेको बजार दिनको अन्तिममा घटेर १ दशमलव ५४ अंकको सामान्य सुधार आएर बन्द भएको छ । कारोबार रकममा पनि केही सुधार आएको छ । 

सोमबार नेप्सेमा दुई अर्ब ६० करोड रकमको कारोबार भएको छ । आज आइतबारभन्दा ११ करोड बढीको कारोबार भएको छ । आइतबार दुई अर्ब ४९ करोडको कारोबार भएको थियो । 

सोमबार सबैभन्दा धेरै शिभम सिमेन्ट र नेपाल टेलिकमको सेयर कारोवार भएको छ भने लाइफ इन्स्योरेन्स कम्पनीका सेयरधनीहरुले धेरै रकम गुमाएका छन् ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०७८ सोमवार - २०:०४:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology