देवघाट, २२ फागुन । नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला समिति चितवन भरतपुर महानगर कमिटीको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न भएको छ । चितवन जिल्ला अन्तर्गत भरतपुर महानगरपालिका क्षेत्र भित्र रहेको १२३ वटा सामुदायिक विद्यालयहरुमा कार्यरत विद्यालय कर्मचारीहरुको प्रथम महानगर कमिटीको अधिवेशन शनिबार सम्पन्न भएको हो । अधिवेशनले अनिल घिमिरेको अध्यक्षमा १६ सदस्यीय कार्यसमिति सर्वसम्मत गठन भएको छ ।

नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला समिति चितवनको अध्यक्ष सुर्य बहादुर भुजेलको प्रमुख आतिथ्यता एवं विशिष्ट अतिथि नेपाल शिक्षक महासंघ चितवनका जिल्ला सचिव रामजी भण्डारी, भरतपुर महानगरका अध्यक्ष रामेश्वर न्यौपाने र अतिथिहरू ने.रा.शि.संगठन भरतपुर महानगरकी उपाध्यक्ष सिर्जना कार्की, ने.वि.क.परिषद् चितवनका जिल्ला सचिव नरेश राज पौडेल,सह सचिव महेश श्रेष्ठ, जि.सदस्य विष्णु घिमिरे लगायत अन्य पालिकाको पदाधिकारी तथा आम विद्यालय कर्मचारीहरुको बाक्लो उपस्थितिमा अधिवेशन भब्यताका साथ सम्पन्न भएको थियोे ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै जिल्ला सदस्य विष्णु घिमिरेले सम्पुर्ण विद्यालय कर्मचारीहरु संगठित भई अगाडि बढ्न आह्वान गरेका थिए । उक्त कार्यक्रमको अध्यक्ष मण्डलको अध्यक्षता ने.वि.क।.परिषद् चितवनका उपाध्यक्ष सजन मगरले कार्यक्रम सञ्चालन गरेका थिए ।