Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

दुषित गठबन्धन सरकारको नाटक धेरै : उपाध्यक्ष नेम्वाङ

दुषित गठबन्धन सरकारको नाटक धेरै : उपाध्यक्ष नेम्वाङ

images

इच्छाकामना न्युज

२१, फाल्गुण २०७८
दुषित गठबन्धन सरकारको नाटक धेरै : उपाध्यक्ष नेम्वाङ
images

काठमाडौं, २१ फागुन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङले सत्तारुढ दलहरू दुषित भएर गन्हाएको आरोप लगाएका छन् ।

संविधानसभाका अध्यक्ष समेत रहेका उपाध्यक्ष नेम्वाङले इलाम काठमाडौं सम्पर्क मञ्चको ९औँ सम्मेलनलाई सम्बोधन गर्दै उत्त आरोप लगाएका हुन् ।

विभिन्न संविधान बिरोधी क्रियाकलापहरुका कारण अहिलेको गठबन्धन सरकार दुषित भएको र त्यसैको कारण भित्रभित्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेलमा लागि परेको उनले बताए । विगतमा पनि निर्वाचनमा जानेभन्दा डराउने गरेका केही साथीहरूले तोकिएको स्थानीय तहको निर्वाचन पनि पछि सार्ने खेल खेलिरहेको आरोप लगाए ।

‘एक दिन अघिसम्म एमसीसी मरे पनि टेबुल हुन दिन्नौँ र पास पनि हुँदैन भन्ने साथीहरु नै भोलिपल्ट लुसुक्क जनतालाई झुक्याएर एमसीसी पास गर्ने लाज्जास्पद कार्य गरे ।’ नेम्वाङले थपे, ‘हाम्रा गठबन्धनका नेताहरुले लाजै पचाएर सभामुख र १४ जना संसद्को जागिर जोगाउन पनि एमसीसी पास गर्यौ भनेको सुन्दा यो भन्दा दुषित र लाजमर्दो कुरा केही होइन । आफ्नो स्वार्थ पुरा गर्न राष्ट्रघाति कदम चाल्न पछि नपर्ने यस्तो गठबन्धन सरकारलाई अब जनताले चुनावबाट जवाफ दिनुपर्छ ।’

उपाध्यक्ष नेम्वाङले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति संकेत गर्दै केही साथीहरू निर्वाचन भनेपछि किन डराउछन् भन्दै प्रश्न पनि गरे । ‘केही साथीहरू किन जनतामा जाने भन्दा डराउँछन ? प्रतिगमन भन्छन । भरसक जनतामा जाने मिति पर सार्छन्,’ उनले भने, ‘बल्लबल्ल तपाईँ–हामीले लडेर स्थानीय तहको निर्वाचनको मिति तोकाएका छौं तर, अहिले पनि भित्रभित्र खेलोफड्को भइरहेको छ ।’

त्यस्तै कार्यक्रममा नेकपा एमालेका राष्ट्रिय सभा सदस्य अगमप्रसाद बान्तवाले पनि गठबन्धन सरकारले अराजनीतिक र गैरसंवैधानिक कदम चालेको र विभिन्न राष्ट्रघाति कदम चालेको आरोप लगाए । बान्तवाले अबको चुनावबाट जनताले यस्ता राष्ट्र र राष्ट्रियताबिरोधीहरुलाई ठेगान लगाउनुपर्ने पनि बताए ।

प्रदेश नम्बर १ का १४ जिल्लाका सम्पर्क मञ्चहरुहरुबीचको फुटसल प्रतियोगितामा प्रथम हुने इलाम काठमाडौं सम्पर्क मञ्चका प्रतिनिधि खेलाडीहरुलाई सम्मान गरियो ।

images
प्रकाशित मिति :फाल्गुण २१, २०७८ शनिवार - १९:५९:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology