Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कविता : क्रमभंग गरौँ!

कविता : क्रमभंग गरौँ!

आकाश अधिकारी

२, फाल्गुण २०७८
कविता : क्रमभंग गरौँ!
images

शरीरको तापमान घटेको छ।
परेलामा आँसु हिउँ झैं जमेको छ!
हृदयको चाल  क्रमश घटेको छ।
रगतको रंग 
क्रमशः 
निलो, पहेँलो हुँदै 
कालो हुदैछ।
सुनामीको साम्राज्यमा!
लाचार बनेर मेरो सगरमाथा!
प्यासिफिक एटलान्टिकको भुमरीमा
बिस्तारै भासिदै छ।
सबैकुरा बिर्सेर 
आउ प्रीय!
हास्न बिर्सेर!
रुन बिर्सेर!
स्वाभिमान बिर्सेर!
स्वाधीनता बिर्सेर!

images
images

फक्रन लागेका कलिला 
गुलाफका  कोपिला चुडेर
सभ्यताको क्रम भंग गरौ!!
यहीँ उत्तम समय हो!
आउ!
तिमी र म!
प्रणयमा समर्पित हौँ।

तनहुँ

images
प्रकाशित मिति :फाल्गुण २, २०७८ सोमवार - १७:३१:१३ बजे

आकाश अधिकारी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology