कुरिनटार । पालिका भित्रको भाषा, साहित्य, धर्म, कला, संस्कृतिको संरक्षण सम्बद्र्धनका लागि चितवनको इच्छाकामना गाउपालिकाले इच्छाकामना प्रज्ञा प्रतिष्ठान गठन गरेको छ । नवगठित प्रतिष्ठानको अध्यक्षमा एकराज शर्मा पोखरेललाई मनोनित गरिएको छ ।
यस्तै प्रतिष्ठानको सदस्यहरुमा साहित्यकार तेजविलास अधिकारी, ज्योतिष पंडित यादवप्रसाद अधिकारी, इच्छाकामना त्रिवेणी कलाकेन्द्रका अध्यक्ष काजीमान थापा र लोकदोहोरी गायीका सरिता गुरुङलाई मनोनयन गरेको छ । नवगठित प्रतिष्ठानका अध्यक्ष एवं सदस्यहरुलाई एक कार्यक्रमका बिच मंगलबार गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले सपथ खुवाएका थिए ।