Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

बेनिघाट रोराङका अध्यक्ष विवेकद्वारा लिखित ‘मृत्यु टेकेर पल–पल’ कविता संग्रह लोकार्पण

बेनिघाट रोराङका अध्यक्ष विवेकद्वारा लिखित ‘मृत्यु टेकेर पल–पल’ कविता संग्रह लोकार्पण

इच्छाकामना न्युज

२९, माघ २०८२
बेनिघाट रोराङका अध्यक्ष विवेकद्वारा लिखित ‘मृत्यु टेकेर पल–पल’ कविता संग्रह लोकार्पण

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’द्वारा लिखित ‘मृत्यु टेकेर पल–पल’ कविता संग्रह लोकार्पण गरिएको छ।

images

बुधबार आयोजित विशेष समारोहका बीच वरिष्ठ साहित्यकार डा. नवराज लम्सालले उक्त कविता संग्रहको औपचारिक लोकार्पण गरेका हुन्। अध्यक्ष थपलियाको जन्मदिनको अवसर पारेर कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा जिल्लाभरका शिक्षकहरूको सहभागितामा जिल्लास्तरीय कविता प्रतियोगिता समेत सम्पन्न भएको थियो।

समारोहमा प्रमुख अतिथि लम्सालले साहित्यप्रति विवेकको लगाव, सामाजिक सेवामा उहाँको योगदान र सिर्जनशील व्यक्तित्वको चर्चा गर्दै उहाँको कृति भावी पुस्ताका लागि प्रेरणादायी हुने विश्वास व्यक्त गरे।

साहित्य र स्थानीय तहको विकासलाई जोड्दै अघि बढेका विवेकको स्मृतिमा आयोजित उक्त कार्यक्रमले बेनीघाट रोराङमा साहित्यिक चेतनालाई अझ मजबुत बनाएको यस्तै कार्यक्रममा साहित्यकार डा. नविनबन्धु पहाडीले बताएका छन्।

images
प्रकाशित मिति :माघ २९, २०८२ बिहिवार - १०:०५:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology