Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

गुरुङ साहित्यिक मञ्चको अध्यक्षमा रोशनी गुरुङ चयन

गुरुङ साहित्यिक मञ्चको अध्यक्षमा रोशनी गुरुङ चयन

images

इच्छाकामना न्युज

५, आश्विन २०८३
गुरुङ साहित्यिक मञ्चको अध्यक्षमा रोशनी गुरुङ चयन
images

कास्की । गुरुङ साहित्यिक मञ्च नेपालको अध्यक्षमा रोशनी गुरुङ चयन भएको छ । शनिबार पोखरामा सम्पन्न मञ्चको चौथो महाधिवेशनले रोशनी (रोश्मी) गुरुङलाई अध्यक्षमा चयन गरेको हो । 

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा मिश्रामाया गुरुङ, उपाध्यक्षमा आश गुरुङ, महासचिवमा सम्राट गुरुङ, सचिवमा देवेन्द्र (सुरज) गुरुङ, कोषाध्यक्षमा जसमाया (जस्सु) गुरुङ र सहकोषाध्यक्षमा प्रतिमा गुरुङलाई चयन गरेको छ ।

त्यस्तै, सदस्यहरुमा पवित्रा गुरुङ, बालकाशी गुरुङ, रुकबहादुर गुरुङ, प्रेमबहादुर गुरुङ र खुसीमाया गुरुङ चयन भएका छन् ।

कार्यसमितिको एक सदस्य भने पहिलो बैठकबाट मनोनीत गरिने मञ्चले जनाएको छ ।

अधिवेशनमा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य तीर्थ गुरुङ, पोखरा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य श्रीजङ्ग गुरुङ र गण्डकी प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य बालकाशी गुरुङलाई सम्मान गरिएको थियो । 

 

images
प्रकाशित मिति :आश्विन ५, २०८३ सोमवार - १५:४३:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology