Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तमू आदिकवि हर्कबहादुर गुरुङज्युको ८९औँ जन्मजयन्ती सम्पन्न

तमू आदिकवि हर्कबहादुर गुरुङज्युको ८९औँ जन्मजयन्ती सम्पन्न

इच्छाकामना न्युज

१२, माघ २०८२
तमू आदिकवि हर्कबहादुर गुरुङज्युको ८९औँ जन्मजयन्ती सम्पन्न
images

स्याङ्गजा । फेदीखोला गाउँपालिका र तमू आदिकवि हर्कबहादुर गुरुङ स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा आईतबारतमू भाषाका आदिकवि हर्कबहादुर गुरुङको ८९औँ जन्मजयन्ती विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।

images
images

तमू आदिकवि हर्कबहादुर गुरुङ प्रतिष्ठानका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी प्रमुख अतिथि रहेको थियो। कार्यक्रममा उपाध्यक्ष देऊकुमारी गुरुङ, तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, वडा अध्यक्षहरू, साहित्यकार, शिक्षाप्रेमी, स्थानीय बासिन्दा तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

ede921aa-23a8-489b-bd32-f6203f1aa1e5.jpeg

कार्यक्रमको अवसरमा आदिकवि ज्युको पोस्टकार्ड फोटोको अनावरण गरिएको थियो र फेदीखोला साहित्य प्रतिष्ठानद्वारा प्रकाशित फेदीखोला साहित्य पत्रिका वर्ष २, अंक ५ तथा हिमालयजंग बानियाँद्वारा प्रकाशित आत्मसन्तुष्टिका लागि मेरा सिर्जनाहरू कविता संग्रहको विमोचन गरिएको थियो। विमोचित कृतिहरूमाथि प्रा. चुनबहादुर राना र हुमनाथ शर्माले समीक्षा गर्नुभएको थियो।

b89e7bf2-9f0d-4d71-9206-7ef903cf5d10.jpeg

यसै अवसरमा विद्यार्थीहरूको सिर्जनात्मक क्षमता विकास गर्ने उद्देश्यले अन्तर माध्यमिक विद्यालयस्तरीय गुरुङ (तमू) भाषा तथा नेपाली भाषा कविता प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई कार्यक्रममै पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।

ad75f4ea-ae88-4dd6-9d57-3331a28676c5.jpeg

बहादुर सिंह गुरुङ,चेतन प्रकाश गुरुङ,डा चन्द्रबहादुर गुरुङ,वडा नं १ का अध्यक्ष अमृत क्षेत्री ,वडा नं २ का अध्यक्ष अविलाश गुरुङ,फेदीखोला साहित्य प्रतिष्ठान का अध्यक्ष हिमालयजंङ्ग बानिया,तमू समाज युकेका पुर्व अध्यक्ष शिवचन्द्र गुरुङ,गुरुङ साहित्यिक मंचका अध्यक्ष तेज चाक्ली तमू,फेदीखोला गाउँपालिका उपाध्यक्ष देउकुमारी गुरुङ्ज्यु ले आदिकवि को योगदान का वारे चर्चा गरेका थिए भने आदिकवि बाट रचिएको गीत क्युदे थुलेन मा भिम कुमारी गुरुङज्युले आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।
विशेष अथिती तमू धीं नेपाल का अध्यक्ष हुम गुरुङ्ज्यु ले आदिकवी ज्युले त्यतिनै बेला आफ्नो गीत कविता मार्फत सामाजिक भाषिक अधिकार खोज्नु पर्छ भनेर चेतना मुलक क्रान्ति गरेको र अहिले तमू समुदायले वहाँ लाई आदिकवि माने ता पनि राज्य बाट अझै सम्मान गर्नु पर्ने धारणा राखेका थिए ।

46013333-cbc5-42d9-a478-bfc4f78cb01d.jpeg

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले तमू आदिकवि हर्कबहादुर गुरुङ फेदीखोलाको साझा सम्पत्ति र गौरव भएको उल्लेख गर्दै भाषा, साहित्य र संस्कृतिको संरक्षणमा सबैको साझा जिम्मेवारी रहेको बताउनुभयो।

images
प्रकाशित मिति :माघ १२, २०८२ सोमवार - १०:५२:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology