जलविरे, १० मंसिर । बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपाल इच्छाकामना गाउँपालिका आउने भएका छन्।
प्रदेश सरकारको लगानीमा इच्छाकामना गाउँपालिका ६ लामो झरना जाने बाटोमा निर्माण गरिएको स्वागत गेट र गोलघर उद्घाटनका लागि पर्यटनमन्त्री भोली इच्छाकामना आउने भएका हुन्।
मन्त्री नेपाल भोली बिहान १२ बजे आईपुग्ने आयोजक लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देव कुमार गुरुङले जानकारी दिनुभयो।