Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

साबुन उद्योगमा आगलागी, ५० लाख बराबरको क्षति

साबुन उद्योगमा आगलागी, ५० लाख बराबरको क्षति

images

न्युज कारखाना

१८, माघ २०७८
साबुन उद्योगमा आगलागी, ५० लाख बराबरको क्षति
images

सुधा देव, सप्तरी, १८ माघ । राजविराज नगरपालिका वडा नं.७ मा संचालित छिन्नमस्ता साबुन उद्योगमा मंगलबार आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको छ।

सप्तरी बोदेबरसाईन नगरपालिका ३ बस्ने सुनिल कुमार साह र सोही ठाउँ बस्ने प्रमोद कुमार साहले संयुक्त रूपमा  संचालन गर्दै आएको साबुन फैक्ट्रीमा विद्युतीय लाइन सर्ट भई आगलागि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिएका छन्।

आगलागीबाट साबुन उद्योगमा रहेको १२ सय काटुन तयारी कपडा धुने साबुन र १ हजार बोरा तयारी सर्फ लगायत सामाग्री पूर्ण रूपमा जलेर नष्ट भएपछि ५० लाख बराबरको क्षति भएको हो । 

 प्रहरी,स्थानिय सर्वसाधारण,तालिम केन्द्र राजविराज सप्तरीको दमकल, राजविराज नगरपालीको दमकलको संयुक्त पहलमा आगोलाई नियन्त्रणमा लिईएको थियो ।

images
प्रकाशित मिति :माघ १८, २०७८ मंगलवार - २१:३९:१७ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology