चेरेस, ८ मंसिर । नेपालकै पहिलो केवलकार मनकामना केवलकार संचालनमा आएको २२ वर्ष पूरा भएको छ। चर्चित धार्मिक पर्यटकिय स्थल मनकामना माइको दर्शनार्थीलाई लक्षित गरि २०५४ सालदेखि संचालनमा आएको मनकामना केवलकार संचालनमा आएको आजदेखी २२ वर्ष पूरा भएको हो। यो संगै मनकामना केवलकार संचालन २३ औं वर्षमा प्रवेश गरेको छ। यद्यपि अहिले मनकामना केवलकार बन्द अवस्थामा छ। विश्वव्यापी कोभिड १९ संक्रमण प्रभावको कारण गत चैतको दोस्रो हप्ता देखि नै बन्द छ। बन्द मनकामना केवलकार आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड सहित छिट्टै संचालनमा आउने कार्यालय प्रमुख उज्वल शेरचनले बताउनुभयो।