Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

२५ वर्षदेखि समुदायस्तरबाट सञ्चालित लमजुङ विद्युत उपभोक्ता संस्थाको सम्झौता खारेज

२५ वर्षदेखि समुदायस्तरबाट सञ्चालित लमजुङ विद्युत उपभोक्ता संस्थाको सम्झौता खारेज

२५ वर्षदेखि समुदायस्तरबाट सञ्चालित लमजुङ विद्युत उपभोक्ता संस्थाको सम्झौता खारेज
images

लमजुङ, १ माघ । २५ वर्षदेखि समुदायस्तरबाट सञ्चालनमा रहेको लमजुङ विद्युत उपभोक्ता संस्थाको सम्झौता खारेज भएको छ ।

images
images

नेपाल विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यालय लमजुङ वितरण केन्द्रका प्रमुख यमकुमारी गुरुङका अनुसार २२ पुसमा बसेकाे नेपाल विद्युत प्राधिकरणको बोर्डको बैठकले सामुदायिक ग्रामीण विद्युतीकरण विभाग अन्तर्गतको लमजुङ विद्युत उपभोक्ता संस्थासँग भएको विद्युत वितरण सेवा सञ्चालन सम्झौता रद्द गरेको हो ।

उनका अनुसार यसअघि सामुदायिक ग्रामीण विद्युतिकरण निर्देशक समितिको ४ पुसकाे १३५औँ बैठकबाट निर्णय अनुसार कार्य सम्पन्न गर्ने गरी निर्णय भएको थियो ।  प्रादेशिक कार्यालय पोखरा मातहत लमजुङ वितरण केन्द्र अन्तर्गत रहेको उपभोक्ता संस्थाको सम्झौता रद्द गरी नेपाल विद्युत प्राधिकरणबाट विद्युत सेवा सञ्चालन हुने भएको हो । 

बैठकले संस्थाको मातहतमा रहेका विद्युतीय संरचना तथा जनशक्ति प्राधिकरणमा हस्तान्तरण गर्ने सम्बन्धमा व्यवस्थापनबाट अध्ययन गरी प्रस्ताव पेस गर्ने निर्णय गरेको छ ।

संयुक्त मिटर रिडिङ गर्ने दिनसम्मको सम्पूर्ण विद्युत महसुल लगायत विद्युत उपभोक्ता संस्थाबाट प्राधिकरणलाई बुझाउनुपर्ने सम्पूर्ण बक्यौता रकम वितरक संस्थाबाट असुल उपर गर्ने गरी निर्णय भएको नेपाल विद्युत प्राधिकरण गण्डकी प्रदेश प्रादेशिक कार्यालय लमजुङ वितरण केन्द्रकी प्रमुख यमकुमारी गुरुङले बताइन् । २०५३ सालमा स्थापना भएको लमजुङ विद्युत उपभोक्ता संस्थाको करिब ३५ हजार भन्दा बढी ग्राहक रहेका छन् ।

images
प्रकाशित मिति :माघ १, २०७८ शनिवार - ०९:५७:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology