Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

मिडिया नेपाल चितवनको आयोजनामा दुई दिने आधारभूत पत्रकारीता तालिम सम्पन्न

मिडिया नेपाल चितवनको आयोजनामा दुई दिने आधारभूत पत्रकारीता तालिम सम्पन्न

images

करिश्मा गुरुङ

३०, पौष २०७८
मिडिया नेपाल चितवनको आयोजनामा दुई दिने आधारभूत पत्रकारीता तालिम सम्पन्न
images

देवघाट, ३० पुस । ‘पत्रकार राष्ट्रवादी बन्नुपर्छ’ भन्ने भनाइलाई मध्यनजर गर्दै मिडिया नेपाल चितवनद्वारा आयोजित दुई दिने आधारभूत पत्रकारिता तालिम एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

पत्रकार बन्न र पत्रकारिता क्षेत्रबाटै आफ्नो छुट्टै पहिचान बनाउन  इच्छुक भएका व्यक्तिहरूलाई मध्यनजर गरेर दुई दिने आधारभूत पत्रकारिता तालिमको आयोजना गरिएको हो । मिडिया नेपाल चितवनमा गठन भएको १ वर्षको अवधि यो तालिमको आयोजना गरिएको हो । 

सो दुई दिनको आधारभूत पत्रकारिता तालिममा वरिष्ठ पत्रकार युवराज घिमिरेले प्रशिक्षण दिएका थिए भने २५ जनाले तालिममा सहभागी गरेका थिए । तालिमको आज शुक्रबारका दिन एउटा समारोह बिच तालिमको समापन गरिएको हो ।

तालिमको समापन समारोहका प्रमुख अतिथि पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले पत्रकारले कुनै पनि पार्टी सार्टी नभनी समाजमा भएका गतिविधिहरू हुबहु स्पष्ट तरिकाले अघि बढ्न सम्पूर्ण पत्रकारहरूलाई अनुरोध गरेका थिए । पाण्डेले जुनसुकै क्षेत्रबाट पत्रकारिता गरिएता पनि पत्रकारिता मार्फत नै समाजलाई परिवर्तन  गर्न सक्नुपर्छ  भने । 

त्यस्तै तालिमकै समापन समारोहका क्रममा बागमति प्रदेश सांसद एवं राप्रपा केन्द्रीय सदस्य रीना गुरूङले अहिले  पत्रकारिता क्षेत्रमा धेरै युवापुस्ताहरू लाग्दै आइरहेको हुदाँ पत्रकारिता क्षेत्रबाटै यस पछिका पुस्ताहरूले समाजमा केहि परिवर्तन ल्याउछ कि भन्ने आशा व्यक्त गरे । सांसद गुरूङले पत्रकार भनेको राष्ट्रवादी पत्रकार बन्नुपर्छ जसले देशको उन्नतिप्रगति र विकास गर्नमा टेवा पुग्ने बताए । 

कार्यक्रममा राप्रपा बागमती प्रदेशका सदस्य ज्ञानुजन लामाले मन्तव्य राखेका थिए । त्यस्तै कार्यक्रममा चितवनको पहिलो आवाज मनोज पन्त, मिडिया नेपाल बागमति प्रदेश सदस्य गीता गुरूङ र आशिका थापाका साथै मिडिया नेपाल चितवनका उपाध्यक्ष तिलक पौडेल लगाएतको उपस्थिति रहेको थिए । 

दुई दिने आधारभूत पत्रकारिता तालिम मिडिया नेपाल चितवनका अध्यक्ष समीक्षा पुरीको अध्यक्षतामा  सम्पन्न भएको थियोे ।

images
प्रकाशित मिति :पौष ३०, २०७८ शुक्रवार - २१:२४:१६ बजे

करिश्मा गुरुङ

पत्रकार करिश्मा गुरुङ देवघाट सन्देश साप्ताहिक तनहुँमा सह–सम्पादक पदमा कार्यरत हुनुहुन्छ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology