Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँको भानु स्थित टुटेपानीमा लिफ्टिङ गरेर खानेपानी

तनहुँको भानु स्थित टुटेपानीमा लिफ्टिङ गरेर खानेपानी

इच्छाकामना न्युज

२५, पौष २०७८
तनहुँको भानु स्थित टुटेपानीमा लिफ्टिङ गरेर खानेपानी
images

तनहुँ, २५ पुस । भानु नगरपालिका–१३ टुटेपानी गाउँमा विद्युतीय लिफ्टिङ प्रणालीमार्फत 'एक घर एक खानेपानी'को धारा जडान गरिएको छ । गाउँभन्दा ९० मिटर तल रहेको आहालडाँडा खोलाबाट विद्युतमार्फत लिफ्टिङ गरेर घरघरमै खानेपानीको धारा जडान गरिएको हो ।

images
images

गाउँमा ३५ धारा जडान गरिएको छ ।  ३२ घरसँगै दुई सामुदायिक भवन र अरनिको माध्यमिक विद्यालयमा खानेपानीको धारा जडान भएको छ । उपभोक्ता समितिमार्फत खानेपानी योजनाको काम सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका सूचना अधिकारी इन्जिनियर बामदेव पौडेलले बताए ।

९१ लाख ६६ हजार रुपैयाँ लागत अनुमान गरेर सुरु काम भएको आहालडाँडा खानेपानी योजना ४० लाख रुपैयाँ कममै सम्पन्न भएको छ । ५१ लख रुपैयाँ मात्र खर्च भएको उनले बताए । सोलार लिफ्टिङको सट्टा विद्युतीय लिफ्टिङ गरेकाले काम लागतमा योजना सम्पन्न भएको उनले जनाए । सोलार लिफ्टिङ मर्मतमा बढी खर्चिलो हुने भएकाले विद्युतीय लिफ्टिङ गरेको उनको भनाई छ ।

आहालडाँडा खानेपानी योजनाको काम निर्धारित छ महिना अगावै काम सकिएको छ । ‘असार मसान्तसम्म म्याद थियो । मंसिरमै काम सकियो । पुसमा उद्घाटन गर्‍यौं’, इन्जिनियर पौडेलले भने । २०७६ कात्तिकदेखि घरघरै खानेपानी पुर्‍याउनलाई काम सुरु भएको हो ।

स्थानीय कौशिला गुरुङका अनुसार गाउँमा पुराना सात वटा खानेपानीको धारा थियो । धारामा ल्याईएको पानीको मूल सुकेपछि चार महिना पधेरोबाट पानी बोकेर दैनिकी गुजार्नुपर्ने बाध्यतामा थिए गाउँले । ‘माघदेखि वैशाखसम्म टुटेपानी पधेरोबाट खानेपानी बोकेर प्रयोग गरिन्थ्यो’, उनले अगाडी थप्दै भनिन्, ‘सक्नेले एक गाग्री पानी १५ मिनेटमा ल्याइपुर्‍याउथे । नसक्नेलाई त आधा घण्टा बढी पनि समय लाग्थो ।’

टुटेपानी तनहुँको पर्यटकीय गाउँ हो । गाउँवासी मिलेर केही वर्षदेखि होमस्टे चलाएका छन् ।  घरघरै खानेपानीको धारा भएपछि होमस्टे चलाउन सजिलो भएको आहालडाँडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष होमबहादुर गुरुङले बताए । ‘चौबिसै घण्टा धारामा पानी आउन थालेको छ । काम छाडेर पानी बोक्न जानु परेन । घरघरै धारा भएपछि होमस्टे फस्टाउने विश्वास लिएका छौँ’, उनले भने ।

गण्डकी प्रदेश सरकारले सुरु गरेको ‘एक घर एक धारा’ अभियान अन्तर्गत टुटेपानीमा घरघरै खानेपानी धारा जडान गरिएको हो । घरमै खानेपानीको धारा पाएपछि गाउँले दंग परेका छन् ।

 

images
प्रकाशित मिति :पौष २५, २०७८ आइतवार - २०:२६:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology