Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आजदेखि १३ औं चितवन महोत्सव सुरु हुदै, मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्ने

आजदेखि १३ औं चितवन महोत्सव सुरु हुदै, मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्ने

इच्छाकामना न्युज

२५, पौष २०७८
आजदेखि १३ औं चितवन महोत्सव सुरु हुदै, मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्ने
images

चितवन, २५ पुस । चितवन महोत्सव आज (आइतबार)देखि सुरु हुँदैछ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा सुरु हुन लागेको १० दिने महोत्सव माघ ४ गतेसम्म चल्ने छ । महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डबाट हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ । महोत्सवको प्रवद्र्धकमा भरतपुर महानगरपालिका र जिल्ला समन्वयन समिति रहेका छन् ।

images
images

यसअघि २०७५ सालमा १२ औं संस्करणको महोत्सव भएको थियो । १३ औं संस्करणको महोत्सव हुन लागेको हो ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले चितवनको समग्र आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्नु चितवन महोत्सव प्रमुख उद्देश्य रहेको बताउनु भयो । उहाँका अनुसार महोत्सवमा ३५० वटा स्टल रहनेछन् । एकै प्रकृतिका वस्तु तथा उत्पादनका लागि छुट्टाछुट्टै परिसर तोकिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘मेड इन नेपालको छुट्टै स्थान छ । अटोको छुट्टै, कृषिको छुट्टै, इलेक्ट्रिकको छुट्टै र अन्य व्यावसायीहरुको छुट्टैछुट्टै स्थान तोकेर परिसर बनाएका छौं ।’

स्थानीय उत्पादनको बजारिकरणमा यसपाली महलाई जोड दिइएको छ । महोत्सव परिसरमा मौरीको डमी पनि प्रदर्शन गरिने उहाँले जानकारी दिनुभयो ।

यीलगायत महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, विभिन्न जनजाती र भाषाभाषि सबैको सांस्कृतिक प्रदर्शन रहने उहाँले बताउनु भयो । २८ गतेदेखि २ गतेसम्म क्याम्पस चौरमा फुड फेस्टिबल पनि हुनेछ । यस्तै शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि क्षेत्रको विकासका लागि ४ दिनसम्म यससम्बन्धि विज्ञहरु बोलाएर महोत्सवमा गोष्ठी सेमिनार गरिने उहाँले बताउनु भयो ।

कोभिडको सुरक्षाका लागि टिकटसँगै मास्क वितरण तथा स्यानीटाइजर उपलब्ध गराउने बताउँदै उहाँले मास्क लगाएको नलगाएको अनुगमन पनि हुने बताउनु भयो ।

महोत्सव उद्योग वाणिज्य संघ चितवनको आयोजनामामात्र नभै समग्र चितवनवासीकै आयोजना भएको बताउँदै उहाँले सबैलाई महोत्सव अवलोकन गर्न आग्रह गर्नु भाएको छ ।

महोत्सव व्यवस्थापनका लागि ३० वटा विभिन्न समिति बनाएर काम गरिएको उहाँले जानकारी दिनुभयो ।

महोत्सवको आर्थिक समिति संयोजक एवम् उवासंघका निवर्तमान अध्यक्ष सहनलाल प्रधानले उद्घाटन अघिसम्म महोत्सवमा ५० लाखभन्दा बढी खर्च भइसकेको बताउनु भयो । उहाँले महोत्सवबाट सम्पूर्ण खर्च कटाएर ७० लाख रुपैयाँ बचत हुने अनुमान गरिएको बताउनु भयो ।स्टलको दर महोत्सव अवधिभरको वस्तुहरु हेरेर ७ हजारदेखि २५ हजारसम्म रहेको बताउँदै उहाँले ३५ वटा स्टल निशुल्क उपलब्ध गराइएको बताउनु भयो । उहाँले महोत्सवमा प्रवेश शुल्क ५० रुपैयाँ रहेको बताउँदै विद्यार्थीका लागि २५ रुपैयाँ तोकिएको जानकारी दिनुभयो ।

प्रवद्र्धन समितिका संयोजक सुमनकुमार श्रेष्ठले आफूहरुले समग्र चितवनवासीलाई महोत्सवमा आउन विभिन्न माध्यमबाट आग्रह गरेको बताउनु भयो । उहाँले महोत्सवमा करिब ५ लाख जनाले अवलोकन गर्ने अपेक्षा रहेको बताउनु भयो ।

उहाँले महोत्सव उद्घाटनअघि विभिन्न जनजातीहरु सहितको झाँकी ¥याली गरिने जानकारी दिनुभयो । र्‍याली महोत्सव परिसरबाट निस्केर पोखरा बसपार्कहुँदै पुतलीबजार हुँदै, शहीद चोक, लायन्सचोक, पुल्चोक हुँदै पुनः महोत्सव परिसरमा पुग्ने छ । उद्घाटन सत्रका बेला भने प्रवेश निःशुल्क रहेको बताउँदै उहाँले उद्घाटन सत्र सकिएपछि दिउँसोबाट टिकट लाग्ने बताउनु भयो ।

images
प्रकाशित मिति :पौष २५, २०७८ आइतवार - १०:४६:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology