Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धितोपत्र बोर्ड अध्यक्ष छनाेटमा लफडा : अध्यक्षमा फेरि दरखास्त माग, यसअघि आवेदन दिएका १२ जनाले फेरि आवेदन दिनुपर्ने

धितोपत्र बोर्ड अध्यक्ष छनाेटमा लफडा : अध्यक्षमा फेरि दरखास्त माग, यसअघि आवेदन दिएका १२ जनाले फेरि आवेदन दिनुपर्ने

इच्छाकामना न्युज

१५, पौष २०७८
धितोपत्र बोर्ड अध्यक्ष छनाेटमा लफडा : अध्यक्षमा फेरि दरखास्त माग, यसअघि आवेदन दिएका १२ जनाले फेरि आवेदन दिनुपर्ने
images

काठमाडाैं, १५ पुस । सरकारलाई नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनोट गर्न हम्मेहम्मे परेको छ ।

images
images

बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गरेर दुई महिना अघि नै नयाँ नियुक्तिको प्रक्रिया अगाडि बढे पनि फेरि शून्यमा पुगेको छ ।

अर्थात् ११ कात्तिकको विज्ञापन अनुसार अध्यक्षका लागि १२ जनाले उम्मेदवारी दिए पनि छनोट तथा सिफारिस समितिले नियुक्तिका लागि तीन जनाको नाम छनोट गरेर सरकारलाई सिफारिस गर्न नसकेपछि फेरि नयाँ विज्ञापन खोलिएको छ ।

छनोट समितिले बिहीबार सार्वजनिक सूचना जारी गरेर २९ पुसभित्र आवेदन दिन आह्वान गरेको छ । साथै यसअघि आवेदन दिएकाहरूलाई पनि फेरि आवेदन दिन वा आवेदन फिर्ता लिन चाहेमा म्यादभित्र फिर्ता लिन भनिएको छ । 

यसअघि बोर्डकै कार्यकारी निर्देशक निरज गिरी र उपकार्यकारी निर्देशक नबराज अधिकारी, बोर्डकै पूर्वकर्मचारी जीवन अमगाई, बीमा समितिका निवर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल स्टक एक्सचेञ्जका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, कर्मचारी सञ्चय कोषका पूर्वप्रमुख कृष्ण आचार्य, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा पुँजीबजार विज्ञ गोपाल भट्ट, वित्तीय विज्ञ रमेश हमाल, सहरी विकास कोषका उपनिर्देशक अनिल पौडेल, अम्बिका शर्मा, केशव श्रेष्ठ र हेमन्त बस्यालले आवेदन दिएका थिए ।

धितोपत्र बोर्डको अध्यक्ष छनोटको लागि छनोट समितिले ३ जनाको नाम सिफारिस गर्नेपर्ने  थियो । अर्थमन्त्रीले मन्त्रिपरिषदमा प्रस्ताव लगेर तीनमध्ये एक जनालाई नियुक्ति दिने व्यवस्था छ ।

तर, अर्थमन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाबीच सहमति जुट्न नसक्दा छनोट अगाडि बढ्न सकेको थिएन । अर्थमन्त्री शर्माले चापागाईँलाई अगाडि सार्दा आरजुले हमाललाई अगाडि बढाउनुपर्ने जोड दिएकी थिइन् ।

विवादकै बीच फेरि नयाँ आवेदन खुलेपछि धितोपत्र क्षेत्रमा तरंग पैदा भएको छ ।

images
प्रकाशित मिति :पौष १५, २०७८ बिहिवार - ०९:३५:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology