Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सामान्य अंकले घट्यो नेप्से

सामान्य अंकले घट्यो नेप्से

इच्छाकामना न्युज

२९, मंसिर २०७८
सामान्य अंकले घट्यो नेप्से
images

काठमाडौं, २९ मंसिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले घटेको छ । बुधबार सेयर बजार चार दशमलव २३ अंकले घटेर दुई हजार चार सय १४ दशमलव ६२ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । 

images
images

बजारमा २२८ वटा कम्पनीको ९८ लाख कित्ता सेयर खरिदबिक्री हुँदा चार अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार गर्नेमा महालक्ष्मी विकास बैंक छ । बैंकले १६ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेको छ ।

नेप्सेका अनुसार ९० वटा कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ९२ वटा कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी सातवटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । बैंक, माइक्रोफाइनान्स, होटल एण्ड टुरिजम, लाइफ इन्स्योरेन्स र अन्य कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी सबै कम्पनीको सेयर मूल्य बढेको छ । 

दिव्यश्वरी हाइड्रोपावर, सामलिङ पावर कम्पनी, मल्टिप्रपोस फाइनान्स, आँखु खोला जलविद्युत कम्पनीलगायतको सेयर मूल्य बढेको छ । त्यस्तै, सबैभन्दा मूल्य घट्ने कम्पनीहरूमा नयाँ सारथी लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, मञ्जुश्री फाइनान्सलगायत छन् ।  

images
प्रकाशित मिति :मंसिर २९, २०७८ बुधवार - १८:५२:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology