Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

आँबुखैरेनीमा रहेको मनकामना माई बहुउद्देश्यीय सहकारीको १५ औं बार्षिक साधारण सभा सम्पन्न

आँबुखैरेनीमा रहेको मनकामना माई बहुउद्देश्यीय सहकारीको १५ औं बार्षिक साधारण सभा सम्पन्न

इच्छाकामना न्युज

२६, मंसिर २०७८
आँबुखैरेनीमा रहेको  मनकामना माई बहुउद्देश्यीय सहकारीको १५ औं बार्षिक साधारण सभा सम्पन्न
images

आँबुखैरेनी, २६ मंसिर । तनहुुँको आँबुखैरेनी बजारमा रहेको मनकामना माई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शनिबार १५ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष भगवानदास मल्लको सभापतित्वमा सम्पन्न साधारण सभामा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा प्रमुख अथिती रहनुभएको थियो । 

images
images

शेयर पुँजी ४ करोड ३९ लाख ५६ हजार ७ सय रुपैंया रहेको सहकारी संस्थाले आर्थिक वर्ष ०७७/०७८ सम्ममा १ करोड ५८ लाख ८३ हजार १६ रुपैंया ८ पैंसा मुनाफा गर्न सफल भएको छ । बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुदै सहकारीका अध्यक्ष भगवानदास मल्लले सहकारीको कुल निक्षेप ४१ करोड ९७ लाख ५० हजार ३ सय ३ रुपैंया ७५ पैंसा रहेको र कर्जा लगानी तर्फ ३५ करोड १४ लाख ५० हजार ६ सय रुपैंया रहेको जानकारी दिनुभयो । 

265569716_1835174926673058_36939113698361598_n.jpg

साधारण सभामा सहकारीले एक दर्जन उत्कृष्ट कारोबार कर्तालाई पुरस्कार सहित सम्मान गरेको छ । 

यस्तै, सहकारीले स्थापना कालदेखि नै एसइइ तथा एसएलसीमा उत्कृष्ट अंक ल्याई उर्तिण भएका सेयर सदस्यका छोराछोरी दिईने सहकारी छात्रवृत्ती पुरस्कार अन्तर्गत राम शाहका १ र मस्र्याङ्गदी बाल ज्योती बोर्डिङ्ग स्कूलका १ जना विद्यार्थीलाई पुरस्कार सहित सम्मान–पत्र प्रदान गरेको छ । यसैगरी, गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालय अन्तर्गत रामशाह माविका अशक्त र जेहेन्दार २ जना विद्यार्थी, मित्रता मावि सत्रसयका २ जना विद्यार्थी, छिम्केश्वरी मावि आँबु–४, भाँगेका २ जना विद्याथीलाई पुरस्कार सहित सम्मान–पत्र प्रदान गरेको छ । 

त्यस्तै गरी, सहकारीको सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यक्रम अन्तर्गत मित्रता मावि सत्रसयलाई पुरस्कार सहित सम्मान–पत्र प्रदान गरिएको सहकारीका संस्थापक अध्यक्ष बिपिन मल्लले जानकारी दिनुभयो । 

साधारण सभामा सहकारीका अध्यक्ष भगवानदास मल्ल, गाउँपालिका अध्यक्ष गिर बहादुर थापा, संस्थापक अध्यक्ष बिपिन मल्ल, उपाध्यक्ष तुलानारायण श्रेष्ठ, सचिव उपेन्द्र देवकोटा, कोषाध्यक्ष हरिभक्त श्रेष्ठ, सदस्य डा. राजाराम श्रेष्ठ, सदस्य उत्तरकुमार श्रेष्ठ, राष्ट्रिय सहकारी बैंक लिमिटेड दमौलीका व्यवस्थापक, रामशाह मावि विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सन्त बहादुर केसी, आँबुखैरेनी क्याम्पसका प्रमुख ऋषि केसी, एकता बचत तथा ऋण सहकारीका अध्यक्ष बाबुराम देवकोटा, सहकारीका व्यवस्थापक नारायण तिमिल्सिना, आँबुखैरेनी बजार इकाईका सभापति दिपक कोइराला, मित्रता माविका प्राचार्य सरिता अधिकारी लगाएतको उपस्थिती रहेको थियो ।

images
प्रकाशित मिति :मंसिर २६, २०७८ आइतवार - १०:४७:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology