Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँको भिमादमा विपन्नलाई उकास्न मौरी सहितको घार

तनहुँको भिमादमा विपन्नलाई उकास्न मौरी सहितको घार

इच्छाकामना न्युज

६, मंसिर २०७८
तनहुँको भिमादमा विपन्नलाई उकास्न मौरी सहितको घार
images

तनहुँ, ६ मंसिर । आय आर्जनमा जोड्दै आत्मनिर्भर बनाउन भिमाद नगरपालिकाले लक्षित समूहलाई मौरीसहितको घार वितरण गरेको छ । ‘उपमेयरसँग लक्षित समूह’ कार्यक्रम चलाएर नगरपालिकाले मौरीसहितको घार वितरण गरेको हो । 

images
images

नगरभर रहेका अशक्त, अपांग, दलित, एकल र विपन्न महिलाको आय आर्जन बढाउने उद्देश्यले मौरीको घार वितरण गरेको उपमेयर शारदा खनालले बताइन् । नगरवासीलाई जहाँ पायक पर्छ त्यही लगेर मौरी घार वितरण गरिएको छ । 

लक्षित समूहलाई राज्यको पहुँचमा हामी पनि छौँ भन्ने महसुस गराउनलाई ‘उपमेयरसँग लक्षित समूह’ कार्यक्रम चलाएको खनालले बताइन् ।‘एक/दुई वर्ष हामीले नि:शुल्क मौरीको घार वितरण गर्‍यौ। त्यतिबेला लगेका घारमा आम्दानी नहुनेले मौरी राख्न नसकेर थन्क्याइएको पाइयो । त्यसैले यतिबेला हामीले मौरीसहितको घार उपलब्ध गराएका हौं,’ उनले भनिन् । 

एउटै घार मौरीले पनि राम्रो आम्दानी लिन सकिने उनको विश्वास छ । नगरवासी सबैलाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउने लक्ष्य नगरपालिकाले लिएको उनको भनाई छ । 

गत आर्थिक वर्षदेखि भिमादमा ‘उपमेयरसँग लक्षित समूह’ कार्यक्रम सुरु भएको हो । पहिलो वर्ष लक्षित समूहमा पर्ने ४८ जनालाई पनि मौरीसहितको घार वितरण गरेको पशु सेवा शाखाका प्रमुख मुक्ति पौडेलले बताए । पाँच लाख रुपैयाँ कार्यक्रम सञ्चालन गर्न नगरपालिकाले बजेट विनियोजन गरेको थियो । 

यस वर्ष पनि पाँच लाख रुपैयाँ विनियोजन गरेर लक्षित समूहमा परेका ४९ जनालाई मौरी घार वितरण गरिएको हो । नगरपालिकाले मौरीसहितको एउटा घारलाई १० हजार रुपैयाँमा खरिद गरेको पौडेलले जनाए । मौरी पालनबाट राम्रो आम्दानी लिएर एउटै घारबाट पनि बिस्तार गर्न सकिन्छ ।

images
प्रकाशित मिति :मंसिर ६, २०७८ सोमवार - १९:१२:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology