Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

देवघाट भलिबलमा २९ टोलीलाई पछि पार्दै बेनीकोटको लालीगुराँस युवा क्लब ‘ए’प्रथम

देवघाट भलिबलमा २९ टोलीलाई पछि पार्दै बेनीकोटको लालीगुराँस युवा क्लब ‘ए’प्रथम

images

इच्छाकामना न्युज

२०, कार्तिक २०८३
देवघाट भलिबलमा २९ टोलीलाई पछि पार्दै बेनीकोटको लालीगुराँस युवा क्लब ‘ए’प्रथम
images

दमौली । तनहुँको देवघाट गाउँपालिका–२ नरममा आयोजित टोलस्तरीय पुरुष भलिबल प्रतियोगितामा व्यास नगरपालिका–११, बेनीकोटस्थित लालीगुराँस युवा क्लब ‘ए’ प्रथम भएको छ। २९ टोली सहभागी प्रतियोगितामा देवघाट गाउँपालिका–३ गोन्द्राङ ‘ए’ दोस्रो भएको छ।

नरम टोल विकास संस्थाको आयोजनामा सञ्चालित प्रतियोगितामा प्रथम भएको लालीगुराँस युवा क्लब ‘ए’ ले नगद ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ। त्यस्तै, दोस्रो भएको गोन्द्राङ ‘ए’ ले नगद ३० हजार रुपैयाँ र मेडल प्राप्त गरेको छ। प्रतियोगितामा बुलिङटार गाउँपालिका, बुलिङटार ‘ए’ तृतीय भएको छ। उसले नगद २० हजार रुपैयाँ र मेडल प्राप्त गरेको छ। बेनीकोटका कुशल श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित हुँदै नगद दुई हजार रुपैयाँ र ट्रफी प्राप्त गरेका छन्।

प्रतियोगिताका प्रथम पुरस्कारका लागि देवघाट–५ का समाजसेवी अर्जुन अधिकारी र देवघाट–१ का समाजसेवी तुलबहादुर गुरुङले जनही २५ हजार रुपैयाँ सहयोग गरेका थिए। दोस्रो पुरस्कार देवघाट–५ का युवा व्यवसायी तथा समाजसेवी सुकु गुरुङ र तेस्रो पुरस्कार देवघाट–२, नरम निवासी यातायात व्यवसायी ढकबहादुर थापाले सौजन्य गरेका थिए। प्रतियोगिताको समापन समारोहमा देवघाट–२ का वडाध्यक्ष मिनबहादुर राना, समाजसेवी अर्जुन अधिकारी, देवघाट खेलकुद समितिका अध्यक्ष अमर फेवालीमगर, नरम टोल विकास संस्थाका अध्यक्ष पूर्णसिंह मगरलगायतको उपस्थिति रहेको थियो।

भलिबल प्रतियोगितासँगै आयोजित सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकार सम्झना लामिछाने मगर, गायक अमर रजाली मगर तथा स्थानीय कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए। स्थानीयस्तरमा खेलकुदको विकास, युवाबीच आपसी सद्भाव र एकता अभिवृद्धि तथा कला संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

images
प्रकाशित मिति :कार्तिक २०, २०८३ बिहिवार - १७:०६:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology