काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले ५९ वटा ऐन संशोधनको मस्यौदा तयार पारेको बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ लाई सम्बोधन गर्दै उहाँले लगानी सम्मेलनअघि नै आवश्यक कानूनी तथा नीतिगत सुधारको काम पूरा गर्ने सरकारको तयारी रहेको बताउनुभएको हो ।
उहाँले यसपटकको लगानी सम्मेलन विदेशी लगानीकर्तालाई बोलाएर ठूला परियोजनाको सूची प्रश्तुत गर्ने र लगानीको प्रतिवद्धता जुटाउनेमा मात्रै केन्द्रित नहुने स्पष्ट पार्नुभयो ।