Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

रिलायन्स इन्सुरेन्सले तीन महिनामा साढे ७३ करोड कमायो

रिलायन्स इन्सुरेन्सले तीन महिनामा साढे ७३ करोड कमायो

न्युज कारखाना

२८, कार्तिक २०७८
रिलायन्स इन्सुरेन्सले तीन महिनामा साढे ७३ करोड कमायो
images

काठमाडौं, २८ कात्तिक । रिलायन्स लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार असोज मसान्तसम्ममा इन्सुरेन्सले ७३ करोड ५५ लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ५८ दशमलव १० प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा कम्पनीले तीन करोड रुपैयाँ नाफा कमाएको थियो ।

images
images

कम्पनीको खुद बिमा शुल्कमा पनि आकर्षक सुधार भएको छ । असोज मसान्तसम्ममा खुद बिमा शुल्क ५८ दशमलव १० प्रतिशतले बढेर ७३ करोड ५५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पुँजी दुई अर्ब १० करोड रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा २६ करोड ३४ लाख रुपैयाँ र बिमा कोषमा तीन अर्ब दुई करोड रुपैयाँ सञ्चित छ । 

समीक्षा अवधिमा इन्सुरेन्सले  १४ करोड २९ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी रकम ४३ लाख ४९ हजार रुपैयाँ छ । यस अवधिमा प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९२ पैसा (वार्षिक) रहेको रिलायन्सको प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ९४ पैसा छ । 

images
प्रकाशित मिति :कार्तिक २८, २०७८ आइतवार - २०:४८:०९ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology