Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

युनाइटेड इन्स्योरेन्सको खुद नाफा १२ प्रतिशतले बढ्यो

युनाइटेड इन्स्योरेन्सको खुद नाफा १२ प्रतिशतले बढ्यो

इच्छाकामना न्युज

२८, कार्तिक २०७८
युनाइटेड इन्स्योरेन्सको खुद नाफा १२ प्रतिशतले बढ्यो
images

काठमाडौं, २८ कात्तिक । युनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा कम्पनीले एक करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

images
images

यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ११ दशमलव ७० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले एक करोड छ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।

कम्पनीको खुद बिमा शुल्क पनि ६२ दशमलव ९६ प्रतिशतले बढेर २१ करोड ४० लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीले लगानी तथा अन्य आयबाट एक करोड ४५ लाख रुपैयाँ र पुनर्बिमा कमिशनबापत पाँच करोड नौ लाख रुपैयाँ आम्दानी गरेको छ।

कम्पनीको चुक्ता पुँजी एक अर्ब दुई करोड रुपैयाँ छ । त्यस्तै, समीक्षा अवधिमा कम्पनीको जगेडा कोषमा ११ करोड ७७ लाख रुपैयाँ, बिमा कोषमा ३३ करोड ८८ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा कम्पनीले ४० हजार २६८ वटा बिमा लेख जारी गरि ४४ करोड एक लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । कम्पनीले एक हजार ९३ वटा दाबी बापत १२ करोड २९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने तीन हजार ९५ वटा दाबी बापत ५५ करोड ९२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी एक रुपैयाँ १६ पैसा, प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ४१ पैसा रहेको छ।

images
प्रकाशित मिति :कार्तिक २८, २०७८ आइतवार - २०:४३:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology