Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अन्तिममा क्याम्प परिवर्तन गरेका तनहुँका सांसद किसान श्रेष्ठको मन्त्री बन्ने चाहना पूरा, बने श्रममन्त्री

अन्तिममा क्याम्प परिवर्तन गरेका तनहुँका सांसद किसान श्रेष्ठको मन्त्री बन्ने चाहना पूरा, बने श्रममन्त्री

इच्छाकामना न्युज

२३, आश्विन २०७८
अन्तिममा क्याम्प परिवर्तन गरेका तनहुँका सांसद किसान श्रेष्ठको मन्त्री बन्ने चाहना पूरा, बने श्रममन्त्री
images

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेको भन्दै आफ्नो ब्राण्डिन गर्दै आएका तनहुँ क्षेत्र नं. १ का सांसद कृष्ण कुमार श्रेष्ठ किसान अन्ततः देउवा क्याविनेटको मन्त्री बनेका छन्। शुक्रबार विस्तार भएको मन्त्रीपरिषद्मा सांसद श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका हुन्। 

images
images

यस अघि केपी शर्मा ओलीको मन्त्रीमण्डलको सदस्य हुने प्रयत्न धेरै पटक गरे पनि ओलीले उनलाई पत्याएन। एमाले विवादको अन्तिमसम्म पनि ओलीलाइ साथ दिएका सांसद श्रेष्ठले देउवालाई प्रधानमन्त्री बनाउनको लागि अन्तिममा क्याम्प परिवर्तन गरेर माधव कुमार नेपालको पक्षमा उभिएका थिए। 

तर, पटक पटक आफूलाई ओलीले आश देखाएर प्रयोग गरेको महसुस गरेका श्रेष्ठले आकस्मात क्याम्प परिवर्तन गरेर नेकपा एस् प्रवेश गरेको थियो ।
राम्रो आर्थिक हैसियत बनाएका श्रेष्ठलाई राजनैतिक हैसित बनाउने आकांक्षा थियो । र, अब एमाले छाडेर नेकपा एस् प्रवेशसँगै उनको त्यो चाहना पुरा भएको छ ।

images
प्रकाशित मिति :आश्विन २३, २०७८ शनिवार - ०९:०३:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology