Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

गोरखामा निःशुल्क पशुबिमा कार्यक्रम सुरु, अब किसानले पशु बिमा गर्दा पैसा नलाग्ने

गोरखामा निःशुल्क पशुबिमा कार्यक्रम सुरु, अब किसानले पशु बिमा गर्दा पैसा नलाग्ने

इच्छाकामना न्युज

२८, कार्तिक २०७७
गोरखामा निःशुल्क पशुबिमा कार्यक्रम सुरु, अब किसानले पशु बिमा गर्दा पैसा नलाग्ने

गोरखा २८, कात्तिक । गोरखा जिल्लामा निशुल्क पशु बिमा कार्यक्रम सुरु भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मार्फत जिल्ला भित्रका पशुपालक किसानहरुका लागि निशुल्क पशु बिमा कार्यक्रम सुरु गरिएको केन्द्रका प्रमुख डा. इन्द्रबहादुर भट्टले जानकारी दिनुभयो । चालु आर्थिक बर्षदेखि गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बिनियोजन गरेको ४२ लाख रुपैया बजेट मार्फत कार्यक्रम सुरु भएको उहाँले बताउनुभयो ।

images

‘यस अघि जिल्ला भित्रका पशुपालक कृषकहरुले पशुपन्छी बिमा बापतको रकमको २५ प्रतिसत रकम आफैले व्यहोर्नु पथ्र्यो, प्रमुख डा. भट्टले भन्नुभयो, अब यो कार्यक्रम लागू भएसंगै कृषकहरुले किसानहरुले पशुबस्तुको बिमा गरे बापत कत्ति पनि रकम तिर्नु नपर्ने भएको छ ।’ निशुल्क पशुपन्छी बिमा कार्यक्रम अन्तरगत एकजना किसानले अधिकतम रु १ करोड रुपैयासम्मको बिमा गराए बापत लाग्ने खर्च कार्यालयले तिरिदने उहाँले बताउनुभयो ।

बिमा रकम भुक्तानीका लागि किसानले आफ्ना पशुबस्तुको बिमा गरेको कागजात पेश गर्नुपर्ने प्रमखु डा. भट्टले जानकारी दिनुभयो । ‘किसानले बिमा कम्पनी मार्फत पशुबस्तुको बिमा गर्छन, बिमा गरिसकेपछि किसानले बिमा बापत भुक्तानी गरेको नगदी रसिद, बैंक खाता सहित कार्यालयमा निवेदन दिनुपर्छ, उहाँले भन्नुभयो, त्यस बाहेक कृषि फार्म भए फार्मको दर्ता प्रमाण पत्र र व्यक्ति भए नागरिकता उपलब्ध गराएपछि प्रक्रिया पु¥याएर रकम भुक्तानी गरिदिन्छौ ।’

कार्यक्रम सुरु भए लगत्तै १२ जना कृषकहरुले आफ्ना पशुबस्तुको निशुल्क बिमा गराइए सकेको उहाँले जानकारी दिनुभयो । त्यस बापत किसानहरुलाई रु १ लाख ८२ हजार २ सय ७९ रुपैया भुक्तानी भइसकेको छ । अहिलेसम्म गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका र पालुङटार नगरपालिकाका किसानहरुले आफ्ना पशुबस्तुको निशुल्क बिमा गराईसकेको उहाँको भनाई छ ।

अहिलेसम्म निशुल्क बिमा गर्नेहरुमा कुखुरा पालक किसानहरु बढी रहेको प्रमुख डा. भट्टले बताउनुभयो । निशुल्क पशुपन्छी बिमा कार्यक्रमका लागि प्रदेश सरकारबाट रु ४२ लाख रुपैया बजेट प्राप्त भएको उहाँको भनाई छ । ‘अहिलेसम्म कति जना किसानका पशुपन्छी निशुल्क बिमा गरिदिने भन्ने छैन, प्रमुख डा. भट्टले भन्नुभयो, जो पहिला आउनुहुन्छ उहाँहरुले बिमा बापतको रकम भुक्तानी दिन्छौ र बजेट भएसम्म नै कार्यक्रम सञ्चालन भइरहन्छ ।’

उहाँले अहिलेसम्ममा किसानहरुले करिब८ लाख बराबरको निशुल्क बिमा गराइसकेको जानकारी दिनुभयो । गोरखा जिल्लामा पोटेन्सियल जनरल इन्स्युरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्युरेन्स कम्पनीले पशुपन्छीको बिमा गराउदै आएको छ ।

images
प्रकाशित मिति :कार्तिक २८, २०७७ शुक्रवार - १८:०८:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology