भानु, ८ असोज । आसन्न महाधिवेशनको लागि नेपाली कांग्रेस भानु नगर सभापतिमा नविनराज दाहालले उम्मेदवारी घोषणा गर्नु भएको छ । कांग्रेसको राजनीतिमा लामो समय देखि सक्रिय दाहालले प्रतिबद्धतापत्र सार्वजानिक गरी घोषणा गर्नु भएको हो ।
प्रत्येक वडा वडामा पुगेर जनताको सेवा गर्न र संगठन विस्तार गरी काँग्रेसको सङ्गठन बलियो बनाउनको लागि नगर सभापति पदमा मेरो उम्मेदवारी हो’ प्रतिबद्धता पत्र सार्वजानिक गर्र्दै सञ्चारकर्मीसँग दाहालले भन्नु भएको छ । ‘भानु नगरवासी नेता कार्यकर्ताबाट साथ, सहयोग, माया र हौंसला पाएकाले उत्साह जागेको दाहालले बताउनु भयो । पदमा बसेर आफ्नो कार्य कौशल देखाउने उद्देश्यले सभापतिमा उम्मेदवारी घोषणा गरेको दाहाले थप प्रष्ट पार्नु भयो । दाहालले राजनीतिको अतिरिक्त भानु नगरपालिका स्थित विभिन्न शैक्षिक, स्वास्थ्य तथा साहित्य लगायतको क्षेत्रमा कुशलतापूर्वक नेतृत्व लिईरहनु भएको छ ।
भानु– २ स्थित भानु सामुदायिक स्वास्थ्य केन्द्रको अध्यक्ष रही सक्नु भएका दाहालले केन्द्रको व्यवस्थापनको लागि महायज्ञ सञ्चालन गरी नगरवासीको स्वास्थ्य उपचारमा योगदान पु¥याउनु भएको छ । दाहालले तनहुँ शारदा कलेजको व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी सम्हाली सक्नु भएको छ । यसको साथै सहिद होमराज लोहनी शारदा सदन माध्यामिक विद्यालयको अध्यक्ष भई काम गर्ने अवसर पाई कुशलता पूर्वक नेतृत्व लिनु भएको छ । भानु जन्मस्थल विकास समितिको दुई कार्यकाल कार्यकारी निर्देशक भई दाहालले चुँदीरम्घालाई साहित्यिक तिर्थस्थल बनाउने अभियानमा योगदान पु¥याउनु भएको छ ।
नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनलाई लक्षित गरि नगर सभापतिमा धेरैजना आकांक्षी देखिए पनि अन्तिम अवस्थामा आफू नै सर्वसम्मत नगर सभापति हुने दाहालको विश्वास छ । कार्यकर्ताहरुको सल्लाह र सुझावलाई आत्मसात गर्दै युवा लक्षित राजनीतिक कार्यक्रमले मात्र अबको निकास र नगरको विकासमा महत्वपूर्ण योगदान पु¥याउन सक्ने हुँदा सम्पुर्ण युवाहरुलाई साथमा लिएर भानु कांग्रेसलाई एक ढिक्का बनाउन आफ्नो उम्मेदवारी दिएको दाहालको भनाइ छ । सञ्चारकर्मीसँग कुरा राख्दै दाहालले आफ्नो उम्मेदवारी पदका लागि मात्रै नभएर काम गरेर देखाउनका लागि भएको बताउनुभयो । ‘‘पार्टीलाई बलियो बनाई नेपाली कांँग्रेसका एजेन्डाहरुलाई स्थापित गराउन १४ औं महाधिवेशनमा नगर सभापतिमा आफ्नो उम्मेदवारी दिन लागेको हुँ’’ दाहालले भन्नुभयो ।
गत स्थानिय निर्वाचनमा नगरपालिकामा मेयर र उपमेयर लगायतले जितेपनि काँग्रेसकै पकट रहेको क्षेत्रमा समेत केही वडाध्यक्षहरु पराजित भएकोले कार्यपालिकामा बहुमत गुमाउनु परेकोले आगमी निर्वाचनमा १३ वटै वडामा कांग्रेसलाई बिजयी बनाउन उम्मेदवारी दिएको दाहाले बताउनुभयो । पार्टीको सम्स्थागत विकास ,संगठन विस्तार ,पार्टी र स्थानीय निकायमा समन्वय गरि भानु नगरबासिहरुको समस्या समाधान गर्न र विकास निर्माण कार्य नियमित र निरन्तर अगाडि बढाउन उम्मेदवारी दिएको दाहालले बताउनु भएको छ ।
स्थानीय निकायमा हुने गरेका ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारका बिरुद्ध वडा देखि केन्द्र तहसम्मका नेतृत्वलाई खबरदारी गर्दै न्यूनिकरणमा शसक्त भूमिका खेल्ने दाहालले प्रतिबद्धतापत्रमा जनाउनु भएको छ । स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपालन ,पूर्वाधार विकास जस्ता नगरवासीहरुसँग प्रत्यक्ष जोडिएको विषययहरुको १ वर्षे अल्पकालीन र ५वर्षे मध्यकालीन योजना तर्जुमा गरि पार्टी को मार्गदर्शनको रुपमा अगाडि बढाउने दाहालले प्रतिबद्धता जनाउनु भएको छ ।
वेरोजगार युवाहरुको लागि स्वदेशमा नै रोजगारी तथा स्वरोजगारी सृजना गर्ने वातावरण तयार गर्ने उहाँले उल्लेख गर्नु भएको छ । यसको लागि पार्टीको मात्री, भ्रातृ, भगिनी र शुभेच्छुक सस्थाहरु बीच नियमित समन्वय गरी पार्टीको तर्फबाट कार्यक्रमहरु सञ्चालन गर्ने समेतका योजना दाहालसँग छन् । महिला तथा लैङ्गिक हिंसा, विभेद आदिको न्यूनिकरण गर्न महिला शसक्तिकरणका प्रशिक्षण कार्यक्रमहरु आयोजना गर्ने दाहालले बताउनु भएको छ ।
विपन्न, दलित, अल्पसख्यक महिलाहरुको जीवनस्तर माथि उठाउन सिपमुलक र आयमुलक कार्यक्रम ल्याउनुका साथै पार्टीका कार्यकर्ताहरुलाइ सम्मान हुने र उपयुक्त भूमिका उपलब्ध गराउने लगायतको दाहालको प्रतिबद्धता छ ।