Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमालेका लागि गण्डकी प्रदेशमा म एक्लै काफी छुः एस नेता किसान श्रेष्ठ

एमालेका लागि गण्डकी प्रदेशमा म एक्लै काफी छुः एस नेता किसान श्रेष्ठ

इच्छाकामना न्युज

३, आश्विन २०७८
एमालेका लागि गण्डकी प्रदेशमा म एक्लै काफी छुः एस नेता किसान श्रेष्ठ
images

पोखरा, ३ असोज। नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफू एकमात्र भए पनि नेकपा एमालेलाई भार पर्ने बताएका छन् । गण्डकी प्रदेशबाट नेकपा एकीकृत समाजवादीमा प्रतिनिधित्व गर्ने उनी एकमात्र संघीय सांसद हुन् ।

images
images

‘गण्डकीमा माधव नेपाललाई कमजोर भनियो । उनीहरु (एमाले) १२/१३ जना छन्,’ पोखरामा आइतबार आयोजित विचार गोष्ठी तथा कार्यकर्ता भेलामा सांसद श्रेष्ठले भने, ‘प्रतिनिधि सभामा आफू एक्लो भए पनि म एक्लै भारी पर्नेछु ।’

गण्डकीमा माधव पक्षलाई तत्कालीन समयमा कुनै टिकट नदिएकै कारण कमजोर हुन पुगेको उनले बताए । उनले अब भने गण्डकीबाटै नेकपा एकीकृत समाजवदीको विजयको बिगुल फुकिसकेको समेत दाबी गरे ।

‘गण्डकीका १८ वटा क्षेत्रमा एउटा पनि टिकट दिइएन । अनि माधव नेपाल कसरी बलियो हुन्छ ?’ उनले भने, ‘आजदेखि नेकपा एकीकृत समाजवादीले बिगुल फुक्यो, आजदेखि देखाइदिन्छौं हामी कमजोर हो कि के हो भनेर ?’

आफू बीसौं वर्षदेखि ओली गुटमा रहे पनि गल्ती महसुस गर्दै माधव पक्षमा आएको उनको भनाइ थियो । ओलीले २ पटक संविधान विरोधी काम गर्दा पनि साथ दिएको बताउँदै उनले भने, ‘पछि गल्ती गरेको रहेछु भन्ने बुझें र शेरबहादुर देउवालाई विश्वासको मत दिएँ ।’

 

images
प्रकाशित मिति :आश्विन ३, २०७८ आइतवार - १९:४६:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology