भित्तामा झुन्डिएको तस्वीर हेरेर रुने गर्छु !
एकान्त र शुन्यतामा आँसुले परेली धुने गर्छु !
म कसरी बिर्सन्छु त्यो कहालीलाग्दो दुर्घटना !
भक्कानिदै आवेगमा तिम्रो तस्वीर छुने गर्छु !
नदीनाला फोहोर भयो सभ्यतानै धमिलो भो !
प्राबिधिक बिकाशले अर्थतन्त्र गमिलो भो !
धर्म,सांस्कृति खस्किएर उँधो गति लागेपछि !
हजुरआमाको प्रश्न ले मेरो मन अमिलो भो !
तिम्रो सत्तामा मलाई दास बनेर बाच्नु छैन !
आफ्नै मृत्यु उत्सवमा दारु पिएर नाच्नु छैन !
किन युगको हिटलर बनेर नरसंहार गर्दै छौ ?
म त सृष्टिकर्ता हुँ तिम्रो अस्तित्व जाच्नु छैन !
शताब्दीको अन्त्य हुदैछ फजुल कुरा नगर्नु !
विभेदको खाडल खन्ने हरुको माग पुरा नगर्नु !
उकास्ने र उचाल्ने बौद्धिक दरिद्र प्रसंस्त छन !
अर्ती बुद्धि दिने मान्छेले नै कुरा अधुरा नगर्नु !