Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

प्ये ल्हु संघ केन्द्रीय महिला समितिद्वारा वरिष्ठ सञ्चारकर्मी अनिता गुरुङलाई ‘सफल तमू नारी सम्मान’ प्रदान गरिने

प्ये ल्हु संघ केन्द्रीय महिला समितिद्वारा वरिष्ठ सञ्चारकर्मी अनिता गुरुङलाई ‘सफल तमू नारी सम्मान’ प्रदान गरिने

इच्छाकामना न्युज

१, आश्विन २०८३
प्ये ल्हु संघ केन्द्रीय महिला समितिद्वारा वरिष्ठ सञ्चारकर्मी अनिता गुरुङलाई ‘सफल तमू नारी सम्मान’ प्रदान गरिने
images

पोखरा । वरिष्ठ सञ्चारकर्मी तथा निवर्तमान सार्वजनिक सेवा प्रसारण नेपालकी संस्थापक बोर्ड सदस्य अनिता गुरुङलाई ‘सफल तमु नारी सम्मान–२०८३’ प्रदान गरिने भएको छ।

images
images

तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितिद्वारा सञ्चालित हर्क रन अक्षय कोषबाट प्रदान गरिँदै आएको सफल नारी सम्मान कार्यक्रमअन्तर्गत गुरुङलाई सम्मान गर्न लागिएको हो।

तमु प्ये ल्हु संघको २५औँ रजत जयन्ती तथा आठौँ महाधिवेशन–२०८३ को अवसरमा आगामी २०८३ साल असोज ३ गते आयोजना हुने कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी गुरुङलाई सम्मान गरिने जनाइएको छ।

कार्यक्रममा माननीय बिना गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।

सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै समाज र समुदायमा पुर्‍याएको योगदानको कदरस्वरूप गुरुङलाई ‘सफल तमु नारी’ सम्मान प्रदान गर्न लागिएको आयोजकले जनाएको छ।

तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितिद्वारा हर्क रन अक्षय कोषमार्फत प्रदान गरिने उक्त सम्मान कार्यक्रमको निर्णय अध्यक्ष बुद्धिमाया गुरुङ, कोषाध्यक्ष शारदा गुरुङ र महासचिव छु माया गुरुङ लगायत समितिको नेतृत्वमा गरिएको हो।

तमु समुदायका महिलाहरूले विभिन्न क्षेत्रमा हासिल गरेका उपलब्धि र योगदानलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले ‘सफल तमु नारी सम्मान’ कार्यक्रम सञ्चालन हुँदै आएको आयोजकले जनाएको छ।

images
प्रकाशित मिति :आश्विन १, २०८३ बिहिवार - २०:११:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology