Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

प्रतिनिधी सभाको बैठक आज बस्दै, होला त बजेट पास होला ?

प्रतिनिधी सभाको बैठक आज बस्दै, होला त बजेट पास होला ?

इच्छाकामना न्युज

२९, भाद्र २०७८
प्रतिनिधी सभाको बैठक आज बस्दै, होला त बजेट पास होला ?

काठमाडौ, २९ भदौ । प्रतिनिधिसभाको जारी नवौँ अधिवेशनको बैठक आज मंगलबार दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा बजेटको प्रतिस्थापन विधेयक पास गर्ने सरकारी पक्षको तयारी छ भने त्यसलाई जसरी पनि रोक्ने रणनीतिमा नेकपा (एमाले) छ ।

images

सरकारले गत शुक्रबार मात्र प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याएको थियो । एमालेका सांसद्को अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले बजेट ल्याएका थिए । त्यसअघि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १५ जेठमा अध्यादेशमार्फत ल्याएको बजेट वर्तमान सरकारले काँटछाँट गरिदिएको छ ।

तत्कालीन सरकारले अध्यादेशमार्फत ल्याएको बजेट ३ साउनमा संसद्‌मा पेस भएको थियो । २५ भदौमा प्रतिस्थापन बजेट ल्याइयो । संसद्‌मा अध्यादेश पेस भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित हुनुपर्छ । अर्थात भदौ ३० भित्र पास गरिसक्नुपर्ने दबाब छ । र, राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

मंगलबारको सम्भावित कार्यसूचीमाअर्थमन्त्री शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । तर, एमाले हरेक बैठकमा बेल घेर्दै आएको छ । आइतबारको संसद बैठक पनि एमालेको अवरोधका कारण अगाडि बढ्न सकेको थिएन ।

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा सत्तासीन दलका नेताहरू सहभागी भए पनि प्रमुख प्रतिपक्षी एमालेका नेताहरू अनुपस्थित रहे । जसकारण बैठकले कुनै ठोस निर्णय गर्न सकेन ।

एमालेले पछिल्लो पटक दुई वटा सर्त तेर्स्याएको छ । एमालेले कारबाही गरेका १४ सांसद्को सूचना टास गर्नुपर्ने वा सभामुख सापकोटाले मार्ग प्रसस्त गर्नुपर्ने । तर, कारबाही विषयको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले यसबारे संसदमा टिप्पणी गर्न नमिल्ने धारणा सभामुख सापकोटाको छ ।

images
प्रकाशित मिति :भाद्र २९, २०७८ मंगलवार - ०८:०९:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology