Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भित्ताको तस्बिर मुस्कुरायो–कविता

भित्ताको तस्बिर मुस्कुरायो–कविता

आकाश अधिकारी

२६, भाद्र २०७८
भित्ताको तस्बिर मुस्कुरायो–कविता
images

आमा!
भोलि बिहान झिँसमिंसे मा नै
म गन्तव्यमा निस्कनु छ।
त्येसैले मलाई आज्ञा देउन्।
अनि!
आशीर्वाद देउन्।

images
images

बा, हजुरबाहरुले रचेको विरासत जोगाउन।
इतिहासलाई साक्षी राखेर
मैले कसम खाईसकेको छु।

सुनन् आमा!
भोलि बिहानै!
झिंसमिसे मा नै भञ्ज्याङ् कट्नु छ।
'भुन्टे र भुन्टेकि आमा' ले
चाल नपाउने गरि
टाउकोमा कफन् बाधेर।
कम्मरमा खुकुरी 
अनि!
पिठ्युँमा झोला बोकेर।
भोलिको साँझसम्म सिंहदरबार छिर्नु छ।
आमा मलाई आशीर्वाद देउन्!

सन्दुकमा!
रातो रुमालमा बेरेर राखेको
एकथान ग्रीनेट देउन!
पिठ्युँमा भिर्ने झोलामा 
एक घान भुटेको मकै राखि देउन!
आमा!

स्वाधीनता र स्वाभिमान का खातिर 
बम सगै पड्किन देउन्।
मलाई यहि माटोमा रगत बगाउन देउन!
साम्राज्यवाद को विरुद्ध बम सगै पढ्किन देउन!
बम् र ग्रीनेट छातिमा बोकेर 
सिंहदरबार छिर्न पुर्व  
मेरो टाउको मा हात राखेर
आशीर्वाद देउन!

आमा! मलाई बारुद बनेर पड्कन मन छ।
दुनियाँका असंख्य आमाहरुको
सिंदुर पुछिएको छ।
चुरा फूटेको छ।
तिमि जस्तै हजारौं ले तस्वीर हेर्दै
आसु सगै सपना बगाएका छन।
त्येसैले त आमा!
मलाई आज्ञा र आशीर्वाद देउन्।

स्वतन्त्र युगको खातिर!
स्वाधीनता र सार्बभौमसत्ता का खातिर!
कम्मरमा ग्रीनेट बाधेर सिंहदरबार छिर्दै छु।

आमा! 
उ हेर्नुस् त!
भित्ताको तस्वीरमा ‘बा’ मुस्कुराउनु भएको।

तनहुँ

images
प्रकाशित मिति :भाद्र २६, २०७८ शनिवार - २१:३८:०० बजे

आकाश अधिकारी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology