Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भाँचिएको सियो–कविता

भाँचिएको सियो–कविता

अनिल श्रेष्ठ

२६, भाद्र २०७८
भाँचिएको सियो–कविता
images

अचानक
साइँली सुजिनी हातको सियो
भाँचिएको छ 

images
images

सियो भाँचिएदेखि
निकै चिन्तित छिन् उनी 

उनीसँग छैन
अर्को जगेडा सियो 

नयाँ सियो किन्न
बजार जान पनि सक्दिनन् उनी
यतिखेर
लकडाउनले 
बन्द छ बजार
र बन्द छन् दोकान 

चिन्तामा छिन् साइँली सुजिनी

टाँक हाल्नुपर्ने छ
ब्लाउजमा 
यत्ति टाँक हाल्ने ठाउँ
खिप्न पाएदेखि
आउने ठाउँ थ्यो
गोडा दुईचारेक रुपैयाँ
चामलको पैंचो
त्यै पैसो दिनुहुन्थ्यो 
छिमेकीलाई

पैंचो नतिरे 
फेरि पैंचो पाइन्न 

हातको ब्लाउज
अधुरै राखेर
साइँली सुजिनी
पिँढीलाई एकतमासले 
नियाल्छिन् 

उसै त दलित भनेर
गाउँमा अछूत छिन्
त्यसमाथि कोरोनाले सास्ती
थपिदिएको छ

‘म अछुत  
यसै त अछूत भइहालें
छूतलाई पनि अछूत बनाउने 
र, मान्छेलाई घरबाहिर 
निस्कन समेत नदिने  
यो कोरोना भन्ने के जातीको 
रोग हो कुन्नि !

साइँली सुजिनीको मन 
एकोहोरिन्छ 

‘यो फाटेको मन
र भाँचिएको सियो जोड्ने ओखती किन हुन्न हँ १
०००

images
प्रकाशित मिति :भाद्र २६, २०७८ शनिवार - २१:०८:५२ बजे

अनिल श्रेष्ठ

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology