कुनै ठाँउमा दुईका नाउँमा
उदायो सुनौलो बिहानी अस्थाएर प्रतीक्षाका घडी
कुर्दा कुर्दै त्यस पललाई
काटेका झै भए हजारौं जुनि
त्यस बिहान आकाशबाट फुल झरेझै लाग्यो
कानका वरिपरि कोहिलिले गीत गायो
हेर्दै ऐनामा,गीत गाए आफ्नो सुन्दरताको बयान गरि
कुर्दा कुर्दै त्यस पललाई
काटेका झै भए हजारौं जुनि
दुख,पिर,पिडा थिए कतै त्यो उत्साहित मनका कुनामा
आखिर आइपुग्यो त्यो पल
चिरेर प्रतीक्षाका घडी उदाई सुनौलो बिहानी
देखेपछि उसलाई मनमा फुल फुलेर आए
लाग्यो,युगपछि उसलाई हेर्ने पाए
उसको सुन्दर्तामा डुबे भुले सब कुरा
मोहित त पहिलेनै भइसकेकि थिए
झन लठ्ठ बनाइदिए ति चम्किला आँखा र रसिला ओठले
कति आनन्दको थियो त्यो पल
जब उस्को हात थियो मेरो हातमा जुदेका थिए दुईका आँखा
कहिलै भुल्ने छैन त्यो पल
मनमा शान्ति आँखामा आनन्द छाएको पल
सब कुरा भुलेर उसको काखमा बसेको पल
प्रतीक्षा गर्छु फेरि त्यस पललाई
आउने छ एक उदाइ सुनौलो बिहानी अस्थायी प्रतीक्षाको घडी।
आबुखैरेनी-३, तनहुँ