कुरिनटार, २० भदौ । कोरोना कहरका कारण ४ महिनादेखि बन्द रहेको मनकामना केवलकार संचालनमा आउने भएको छ। बिहिबारदेखि गोरखामा निषेधाज्ञा हटेको र चितवनमा पनि निषेधाज्ञा खुकुलो भएसँगै आजदेखि मनकामना केवलकार संचालनमा आउने भएको हो।
वैशाख १७ गतेदेखि बन्द रहेको केवलकार सम्पूर्ण स्वास्थ्य मापदण्डको पालना गर्दै संचालनमा आउने मनकामना दर्शन प्रा।लि।का नायब महाप्रबन्धक उज्वल शेरचनले जानकारी दिए।
यस्तै मनकामना मन्दिर भने सर्वसाधरणको लागि खुला भएको छैन। यद्यपी भक्तजनहरुको लागि बाहिरबाटै पूजा गर्ने व्यवस्था गरेको मनकामना क्षेत्र विकास समितिले जानकारी दिएको छ।