Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

घरायसी विवादमा हँसियाले हानेर श्रीमतीले गरे आफ्नै ७८ वर्षीय श्रीमानको हत्या

घरायसी विवादमा हँसियाले हानेर श्रीमतीले गरे आफ्नै ७८ वर्षीय श्रीमानको हत्या

images

रासस

१३, भाद्र २०७८
घरायसी विवादमा हँसियाले हानेर श्रीमतीले गरे आफ्नै ७८ वर्षीय श्रीमानको हत्या
images

तुलसीपुर १३ भदौं । घरायसी विवाद हुँदा एक महिलाले आज आफ्नै श्रीमान्लाई हँसिया र बाँसको लठ्ठी प्रयोग गरी हत्या गरेकी छन् ।तुलसीपुर उपमहानगरपालिका– ३ निवासी ५६ वर्षीया देवीकुमारी योगीले श्रीमान् ७८ वर्षीय खिमलाल पुरीलाई हँसिया र बाँसको लठ्ठी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम आर्यालले जानकारी दिनुभयो ।

आज बिहान ३:०० बजेतिर घरायसी विवाद हुँदा श्रीमान्लाई हँसिया र बाँसको लठ्ठी प्रयोग गरी हत्या गरेको देवीकुमारीले प्रहरी समक्ष बयान दिएकी छन् । उनलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । साथै घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

images
प्रकाशित मिति :भाद्र १३, २०७८ आइतवार - १९:५२:११ बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology