Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

जनैपूर्णीमाको लागि ६० टन क्वाटी एकसातामै बिक्री

जनैपूर्णीमाको लागि ६० टन क्वाटी एकसातामै बिक्री

images

पत्रपत्रिका

६, भाद्र २०७८
जनैपूर्णीमाको लागि ६० टन क्वाटी एकसातामै बिक्री
images

काठमाडौं, ६ भदौं । जनै पूर्णिमा अर्थात क्वाँटी पुन्हि दिनका लागि साता दिनभित्रमै करीब १२ करोड रुपैयाँ बराबरको क्वाँटी विक्री भएको छ । खुद्रा व्यापार संघका अनुसार देशैभर १ साताको अवधिमा करीब १२ करोड रुपैयाँ बराबरको ६० टनभन्दा बढी क्वाँटीको विक्री भएको हो ।

श्रावणशुक्ल पूर्णिमाका दिन जनै पूर्णिमा मनाइन्छ । यस दिन रक्षा बाँधिन्छ, नयाँ जनै लगाइन्छ र मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी, बकुल्लालगायत ९ प्रकारका गेडागुडीको मिश्रणलाई भिजाएर टुसा उमारेर क्वाँटी खाने प्रचलन रहेको छ ।

क्वाँटी खासगरी नेवारी समुदायमा प्रचलनमा रहे पनि अहिले धेरैले क्वाँटी खाने गरेको पाइन्छ । यसरी क्वाँटी बनाएर खाँदा मधुमेह, बाथ, मुटुरोगलगायत पेटको रोगबाट समेत छुटकारा पाइने जनविश्वास रहिआएको छ ।

कोरोना महामारीका कारण गाडीको ढुवानी भाडा, मजदूरको पारिश्रमिक आदि कुराहरू बढेकाले अघिल्ला वर्षहरूमा भन्दा यस वर्ष क्वाँटीको मूल्य पनि बढेको व्यापारीहरू बताउँछन् ।

विभिन्न थरीका गेडागुडी मिसाएर बनाइएको क्वाँटीको सेटको मूल्य अहिले बजारमा प्रतिकिलो १ सय ९० देखि २ सय ५० रुपैयाँसम्म पर्ने गरेको संघका निवर्तमान अध्यक्ष पवित्र वज्राचार्यले आर्थिक अभियान दैनिकसँग बताए । यस अघि यसरी बनाइएको सेटको मूल्य प्रतिकिलो १ सय ५० रुपैयाँसम्म पर्ने गरेको उनी बताउँछन् ।

उनका अनुसार त्यसमा मिसाइएका गेडागुडीको प्रकार र त्यसको गुणस्तरअनुसार मूल्य तोकिएको हुन्छ । ‘कसैकसैले १२÷१५ किसिमका गेडागुडी पनि मिसाएकाले मूल्य धेरै पर्छ,’ उनले भने । आर्थिक अभियान देनिकबाट

images
प्रकाशित मिति :भाद्र ६, २०७८ आइतवार - ०७:४५:३३ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology