Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भानुका युवाहरुको लागि रोटर्याक्ट क्लव भानुद्वारा नेतृत्व विकाश प्रशिक्षण

भानुका युवाहरुको लागि रोटर्याक्ट क्लव भानुद्वारा नेतृत्व विकाश प्रशिक्षण

इच्छाकामना न्युज

२३, श्रावण २०७८
भानुका युवाहरुको लागि रोटर्याक्ट क्लव भानुद्वारा नेतृत्व विकाश प्रशिक्षण
images

भानु, २३ साउन । रोटर्याक्ट क्लब अफ भानुको आयोजनामा भानु नगरपालिकाका युवाका लागि नेतृत्व विकास प्रशिक्षण सम्पन्न भएको छ ।

images
images

हालै स्थापित क्लबले नगर क्षेत्रका सबै वडाका युवालाई लक्षित गर्दै आयोजना गरेको प्रशिक्षणको रोटरी क्लब अफ दमौलीका संस्थापका अध्यक्ष एवं संविधान सभासद रामचन्द्र पोखरेलले उद्घाटन गरे । उनले युवा उमेरले मात्र नहुने भन्दै युवा जोश र जाँगरसँगै नेतृत्व सीप विकास गर्ने अभियानमा क्लबले खेलेको भूमिकाको प्रशंसा गरे ।

rotaract-club-of-bhanu-6-1024x683.jpg

कार्यक्रमका प्रशिक्षक रोटरी डिष्ट्रिक्टका वरिष्ठ प्रशिक्षक एवं रोटरी क्लब अफ दमौलीका पूर्व अध्यक्ष हरिसिं गुरुङले नेतृत्वको सीप युवाका लागि अति आवश्यक भन्दै यसको माध्यमबाट नै युवाले सफलता पाउने बताए ।

rotaract-club-of-bhanu-3-1024x683.jpg

प्रशिक्षक श्रृजनशील युवा मञ्च तनहुँका अध्यक्ष एवं दमौली न्युजका सम्पादक पवन पौडेलले युवाको नेतृत्व सीपसँगै बोल्ने कलाले पनि नेतृत्व विकास र सफलतामा गहिरो प्रभाव राख्ने बताए । उनले युवालाई समाजका समस्याको उठान र समाधानका समेत बाटो प्रदान गर्दै नेतृत्व लिन सुझाव दिए ।

rotaract-club-of-bhanu-7-1024x683.jpg

रोटर्याक्ट क्लब अफ दमौलीका पूर्व अध्यक्ष मनोज राउतले क्लबका गतिविधिले समाजमा धेरै सकारात्मक प्रभाव दिने भन्दै सक्रिय रहन सुझाव दिए ।

अर्का प्रशिक्षक एवं मञ्चका उपाध्यक्ष तथा दमौली न्युजका प्रवन्ध निर्देशक सुमन श्रेष्ठले हिम्मत नहार्ने र प्रयास गर्न नछाड्ने बानीले मात्र युवालाई सफल बनाउने भन्दै निरन्तर कर्ममा लागिरहन सुझाव दिए ।

rotaract-club-of-bhanu-5.jpg

क्लबका अध्यक्ष सन्तोष ढकालले भानु नगरपालिकामा पहिलो पटक स्थापना गरेको क्लबले यस क्षेत्रमै पहिलो पटक युवा नेतृत्व विकासका लागि प्रशिक्षण गरेको भन्दै आगामी दिनमा नेतृत्व विकाससँगै सामाजिक अभियानमा अघि बढ्ने प्रतिवद्धता जनाए ।

santosh-dhakal-1024x683.jpg

सो अवसरमा भानु २ का वडा सदस्य गणेश ढकाल, क्लबका उपाध्यक्ष अविन परियार, सुदीप केसीलगायतले युवाहरुलाई सकारात्मक बाटोमा लैजान प्रशिक्षण प्रदान गरिएको बताए ।

सहभागीहरु अप्सना मिया , राजिव राउत लगायतले छोटो अवधिमा पनि आफूहरुले नेतृत्व तथा बोल्ने सीप सिक्न सफल भएको भन्दै त्यसलाई व्यवहारमा उतार्ने बताए ।

rotaract-club-of-bhanu-4-1024x683.jpg
प्रशिक्षणलाई भानु २ वडा कार्यालयले आर्थिक सहयोग गरेको र दमौली न्युज डट कमले मिडिया सहयात्रीका रुपमा सघाएको क्लबले जनाएको छ ।

कार्यक्रममा भानुका नगर क्षेत्रका सबै भागबाट आएका सहभागीलाई स्वास्थ्य मापदण्ड पालना गरेर प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण २३, २०७८ शनिवार - २१:४७:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology