Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

चितवनमा बढ्न थाले कोरोना संक्रमित

चितवनमा बढ्न थाले कोरोना संक्रमित

images

रासस

१५, श्रावण २०७८
चितवनमा बढ्न थाले कोरोना संक्रमित
images

चितवन, १५ साउन । जिल्लामा कोभिड– १९ का सक्रिय संक्रमितको संख्या दुई हजार नाघेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा अहिले दुई हजार ३० सक्रिय संक्रमित छन् । गत असार १३ गते १ हजार १४ मा झरेको संक्तमित यही साउन १४ मा आइपुग्दा बढेर दुई हजार ३० पुगेको हो ।

कार्यालयका अनुसार पछिल्ला केही दिनमा संक्रमितको संख्यम बढ्दै गएको छ । गत वैशाख र जेठमा यहाँ सक्रिय संक्रमितको संख्या उच्च पुगेको थियो । जेठ १० गते संक्रमितको संख्या ४ हजार ७ सय १३ पुगेको थियो ।

असार लागेसँगै घट्दै गएको संक्तमितको संख्या पुनः बढ्न थालेको छ । असार १ गते १ हजार ५ सय ४८ रहेको संक्रिय संक्तमितको संख्या घट्दै गएर असार १३ गते १ हजार १४ मा झरेको थियो । कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार असार १४ गते १ हजार ८७, १६ गते १ हजार १ सय ९८, १८ गते १ हजार २ सय २० हुँदै असार २३ गते १ हजार २ सय ७१ पुगेको थियो । उनका अनुसार असार १२ गतेदेखि साउन १३ गतेसम्म आइपुग्दा नयाँ संक्तमित मात्र १ हजार ३४ थपिएका छन् ।

संक्रिय संक्तमितको प्रतिशत पनि बढ्दै गएको छ । कार्यालयका निमित्त प्रमुख अमृत महर्जन निषेधाज्ञा खुकुलो हुँदै जाँदा संक्तमित बढ्दै गएको जानकारी दिए । उनले भने ‘राम्रोसँग संक्रमितको संख्या घट्न नपाउँदै पुनः बढ्न थालेपछि कोरोनाको जोखिम बढेको छ ।’ कोरोना नियन्त्रणका लागि अहिले खोपको अभियान जारी रहेको जनाउँदै उनले कारोना संक्तमण बढ्दै गएकाले सबै सजग रहन आग्रह गरे ।

जिल्लामा रहेका संक्तमित मध्ये १ सय १६ का अस्पतालमा उपचार भइरहेको छ । नौ सार्वजनिक आइसोलेसनमा र १ हजार ९ सय ५ होम आइसोलेसनमा छन् । जिल्लामा हालसम्म ३ सय २७ को मृत्यु भएको छ । कूल संक्रमित संख्या २० हजार ९० पुगेको छ ।

जिल्लाका अस्पतालमा बाहिरी जिल्लाका समेत गरी २ सय १३ को उपचार भइरहेको छ । ती मध्ये ७५ सघन उपचार कक्षमा, १२ भेन्टिलेटरमा, ५० एचडियूमा र ८८ सामान्य श्ययामा उपचाररत छन् ।

images
प्रकाशित मिति :श्रावण १५, २०७८ शुक्रवार - १२:२७:१३ बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology