Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रधानमन्त्रीमा देउवालाई मत दिएका तनहुँका सांसदले किसानले दिए पार्टीलाई स्पष्टीकरण

प्रधानमन्त्रीमा देउवालाई मत दिएका तनहुँका सांसदले किसानले दिए पार्टीलाई स्पष्टीकरण

एमाले अध्यक्ष ओलीले नै विधान विपरित काम गरेको आरोप

इच्छाकामना न्युज

८, श्रावण २०७८
प्रधानमन्त्रीमा देउवालाई मत दिएका तनहुँका सांसदले किसानले दिए पार्टीलाई स्पष्टीकरण
images

तनहुँ, ८ साउन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि नेकपा एमालेले २२ जना सांसदलाई स्पष्टीकरण सोध्यो । स्पष्टीकरण सोधिनेमध्ये तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) पनि एक हुन् ।

images
images

उनले एमाले अध्यक्ष केपी ओलीलाई सम्बोधन गर्दै बिहीबार स्पष्टीकरण पेश गरेका छन् । उनले देउवालाई विश्वासको मत दिने कार्य नेपालको संविधान, पार्टीको विधान र सर्वोच्च अदालतको फैसला र लोकतान्त्रिक मूल्य, मान्यता अनुकूल रहेको बताएका छन् ।

श्रेष्ठले पार्टी अध्यक्षले नै विधान विपरित कार्य गरेको आरोप लगाएका छन् । राजीनामा नदिई पार्टी र दलको निर्णय बिना नै संविधानका विभिन्न प्रावधान अन्तरगत आफै प्रधानमन्त्री बन्न खोज्न पार्टीको विधान र राजनैतिक नैतिकता विपरितको कार्य भएको श्रेष्ठको आरोप छ ।

images
प्रकाशित मिति :श्रावण ८, २०७८ शुक्रवार - ०९:३१:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology